ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित शनिबार, जेठ १८, २०८२

दुहबी / दुर्घटना न्यूनिकरणको लागि   ट्राफिक प्रहरी  पोस्ट दुहबी सक्रिय  भएको छ ।

ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला ट्रफिक प्रहरीले   सक्रियता देखाएको हो ।सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ तुतहामा रहेको नवीन शिक्षा निकेतन आधारभुत बिधालयमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

शिक्षक मनोज कार्कीले ट्राफिक प्रहरीसँगको सहकार्यमा १ देखी ८कक्षासम्मका विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम  गरिएको जानकारी दिए । उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक चिन्ह, दुर्घटनाको जोखिम न्यूनीकरणका उपायहरू, नियम उल्लंघन गर्दा हुने दण्ड सजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विषयहरूमा आवश्यक जानकारी दिइएको थियो ।ट्राफिक प्रहरी पोस्ट दुहबी सहकार्यमा कार्यक्रम गरिएको जानकारी कार्की दिए।

ट्राफिक प्रहरीले निजी तथा सरकारी स्कुलमा ट्राफिक नियम सम्बन्धी तालिम दिने गरेको छ । ट्राफिक प्रहरीले विद्यार्थीलाई श्रव्यदृश्य सामग्रीसहित प्रशिक्षण दिने गरेको छ ।ट्राफिक प्रहरी पोस्ट दुहबीका इन्चार्ज एवं सइ सुन्दरश्याम पोखरेलले विद्यार्थी लक्षित ट्राफिक कक्षा सञ्चालन गर्ने गरिएको बताए । ‘सवारी दुर्घटना दिन प्रतिदिन बढ्दो छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यार्थीलाई प्रशिक्षण दिने गरिएको हो,’ उनले भने ।

दुहबी र गढि गाउँ पालिकामा रहेका सामुदायिक र निजी विद्यालयमा विद्यार्थी लक्षित प्रशिक्षणलाई तीव्र पारिएको पोखरेलले बताए । जनचेतनामूलक सन्देशलाई विद्यार्थीमार्फत समुदायमा पुर्याउन सहज हुने ट्राफिकको बुझाइ छ । जनचेतनामूलक कार्यक्रममा  पत्रकार चन्दन रौनियार ,शिक्षक / शिक्षिका लगायत  बिधार्थिहरुको उल्लेखनीय उपस्थित रहेको थियोे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]