

सुनसरी /संघियता, लोकतन्त्र र गणतन्त्रमा आस्था राख्ने पत्रकारहरु सम्मिलित ‘प्रेस जनमत संघको २१ सदस्यीय केन्द्रीय तदर्थ समिति जनमत पार्टीको सचिवालय बैठक बाट गठन गरिएको छ।
पार्टीको सचिवालय सम्पन्न बैठकमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको प्रमुख आतिथ्यमा भएको बैठकबाट अबधेश झा (सप्तरी)अध्यक्षतामा २१ सदस्यीय तदर्थ केन्द्रीय कार्यसमिति गठन गरिएको छ । पार्टी अध्यक्ष राउतको अनुसार प्रेस जनमत संघ जनमत पार्टीको शुभेच्छुक संगठनको रुपमा रहनेछ । साथै संघको जिल्ला र प्रादेशिक समितिहरु पनि क्रमशः गठन हुने प्रक्रियामा रहेको जानकारी गराएको छ भने नव गठित समिति हरुलाई कार्यकालमा पार्टीले नयाँ उचाई हासिल गर्ने अपेक्षा सहित सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन।
केन्द्रीय तदर्थ समितिमा क्रमश . अबधेश कुमार झा (अध्यक्ष )सप्तरी , रामनारायण
विश्वास (सहअध्यक्ष ), ललन कुमार मण्डल (सदस्य सचिव )महोतरी ,सदस्यहरुमा जितेन्द्र खड्गा , मनोज मरबैता (धनुषा ), बिजयकुमार साह(धनुषा ) सुमित मिश्र(धनुषा )अनिल पाण्डे (बारा),केशव लुइँटेल (काठमाडौ ) , शम्भु पण्डित(धनुषा ) शेख मोजिबुल्लाह (रौतहट ) ,मुना ठाकुर (पर्सा ) ,संजय यादव(धनुषा ) , श्यामल कुमार गिरी (बारा), बिजेन्द्रकुमार चौधरी (बारा) , विरेन्द्रकुमार साह (सिरहा ),चन्दन रजक (सप्तरी ),चन्दन रौनियार(सुनसरी ) ,भोगेन्द्र साह ,श्रीमती विमला कुमारी यादव (सिरहा) र रिना कुमारी केसी (सिरहा) रहेको छ।
नवनिर्वाचित अध्यक्ष अबधेश कुमार झाले कार्यसमिति गठनसँगै संघलाई थप क्रियाशील र प्रभावकारी बनाउने लक्ष्यसहित काम अघि बढाउने बताएका छन्।