

कटहरी / स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय निर्णय अनुसार विराटनगरकी डाक्टर लिलि राजवंशीलाई ४ वर्षका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाे बाेर्ड सदस्यमा नियुक्ती गरिएको छ ।
विगत १४ वर्ष देखि स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएकी डाक्टर लिलि राजवंशी नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाे बाेर्ड सदस्यमा नियुक्त भएकाे हाे । हाल विराटनगर आँखा हस्पिटल विराटनगरमा कार्यरत छिन् ।