बाबा शिब मन्दिरकाे शिलान्यास

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शुक्रबार, जेठ ३०, २०८२

विराटनगर / कोशी प्रदेश सभा सदस्य गिता रानी महतोले बाबा शिब मन्दिरकाे शिलान्यास गरिएको छ । माेरङ्गकाे जहदा गाउँपालिका वडा नं. २ स्थित हरिनगरामा बाबा शिव मन्दिरको शिलान्यास गरेका छन् । काेशी प्रदेशको बजेटबाट पक्की मन्दिरकाे भवन भब्यताका साथ एक कार्यक्रम गरि शिलान्यास गरेका हुन् ।
साेहि स्थानमा टिनको छाना भएको उक्त पुरानो मन्दिर जिर्ण भएपश्चयात पक्कि भवनकाे शिलान्यास गरिएको हाे । साे कार्यक्रमका प्रमुख अतिथि प्रदेश माननिय संसद गिता रानी महत्त्वले शिलान्यास गर्दै भनिन हाम्रो समाजमा रहेको मन्दिर, पार्टी, पौवा समाजिक धरोहरु बचाउन जरुरी भएको बताए । संस्कृति र सभ्यता संरक्षण्को लागि मन्दिर निर्माण कार्यमा सवै गाउँवासीहरुले सहयोग गर्नु पर्ने भन्दै मन्दिर, विद्यालय लगातको संस्थामा राजनीति भन्दा माथि उठेर समाजको सम्पतिलाई संरक्षण र सम्वद्र्धन र नयाँ मन्दिर निर्माणमा सवै एकजुट भएर लाग्नु पर्ने वताए ।

सबै गाउँवासि मिलि यस मन्दिरलाई सहयोग गर्नुहुन्न अनुरोधका साथै सबैको हातेमालोकाे आवश्यकता रहेकाे मन्दिरका अध्यक्ष राजेश कुमार राजवंशीले बताए ।

उक्त कार्यक्रममा नेकपा ऐमाले मोरंग जिल्ला सदस्य जय प्रकाश महतो, नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य धर्मेन्द कुमार राजवंशी, कार्यक्रममा वडा सदस्य, बुद्धीजीव, शिक्षक, पत्रकार र भद्रभलादमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]