

विराटनगर / नेपाल बीमा प्राधिकरण कोशीले एकदिने तालिम सम्पन्न गरेको छ। आज विराटनगरको रुबीज होटलमा भएको कार्यक्रममा निर्जीवन बीमाको जोखिमांकन तथा दाबी सम्बन्धी एक दिने कार्यक्रम राखीएको थियो ।
ओपनिङ सेसनबाट सुरु भएको कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रदेश प्रमुख एवं निप्सका अध्यक्ष खड्ग बहादुर श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।
तालिमको पहिलो सेसनमा शिखर इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख प्रज्वल आचार्यले इन्जिनियरिङ र मरिन इन्स्योरेन्स विषयमा प्रशिक्षण दिएका थिए भने दोस्रो सेसनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका कोशी प्रदेश प्रमुख नारायण गौतमले मोटर र सम्पत्ति दावी भुक्तानी प्रक्रिया विषयमा प्रशिक्षण दिएका थिए।
तालिम कार्यक्रममा नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख विनोद कुमार पोखरेलले कार्यक्रममा प्रशिक्षक र विभिन्न कम्पनीहरुबाट सहभागी भएकाहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा ५५ जनाले भाग लिएका थिए।
कार्यक्रममा सहभागीहरू मध्येबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका तर्फ बाट राजेश कुमार सरदार र नेशनल इन्स्योरेन्सका तर्फ बाट स्वाति शर्माले कार्यक्रमको बारेमा समीक्षात्मक धारणा राखेका थिए ।