दुहबीमा केशलिया इंग्लिस बोडिङ स्कुलद्वारा धान दिवस विशेष कार्यक्रमसहित मनाइयो

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित आइतबार, आषाढ १५, २०८२

दुहबी /  असार १५ लाई धान दिवसको रूपमा मनाउने परम्परा पछिल्लो समय झनै व्यापक बन्दै गएको छ।
सरकारी मात्र होइन, निजी क्षेत्रका शैक्षिक संस्था समेतले यस दिनलाई उत्सवको रूपमा लिन थालेका छन्। सोही अवसरमा  सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १२ बुग्डहरी स्थित रहेको केशलिया इंग्लिस बोडिङ
स्कुलले पनि धान दिवस भव्य रुपमा मनाएको छ।

स्कुलले आइतबार विशेष कार्यक्रम गरी २२ औँ धान दिवस मनायो।  कार्यक्रम बेठी बोकेर आएका रोपाहारहरूको टोलीले खेततर्फ अगुवाइ गरे। त्यसपछि विद्यार्थी, शिक्षक र अभिभावकहरू  नजिके रहेको खेतमा रोपाइँमा सहभागी भए।
कार्यक्रममा असारे भाका गुञ्जिँदै गर्दा कोही गोरु जोत्दै, कोही बाउसे गर्दै थिए भने विद्यार्थीहरू हिलोमा रमाइरहेका थिए। हिलो छ्यापाछ्यापमा रमाएका बालबालिकालाई शिक्षक तथा अभिभावकहरूले असारे गीतको रौनकले थप उत्साहित बनाएका थिए।

विद्यालयले कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई दही, चिउरा, आँप र केराको खाजाको व्यवस्था पनि गरेको थियो। विद्यालयका प्रधानाध्यापक सन्जु बन्जराले कृषिमा हराउँदै गएको मौलिकताको जगेर्ना गर्न विद्यार्थीलाई प्रत्यक्ष खेतमा लगिएको बताए ।

“हामी कृषि प्रधान देशका नागरिक हौँ तर कृषिको मौलिकता हराउँदै गइरहेको छ,” प्रधानाध्यापक बनजराले भने, “बालबालिकामा यस्ता मौलिक पर्वको अनुभूति दिलाउन हामीले यो प्रयास गरेका हौँ।”

कार्यक्रममा विद्यार्थीहरूले स्कुलकै ड्रैस  पहिरनमा सजिएर धान रोपाइँमा सहभागी भएका थिए। केशलिया इंग्लिस बोडिङ
स्कुलले हरेक पर्व तथा दिवसमा बालबालिकालाई सहभागी गराउँदै संस्कार र मौलिकतालाई प्राथमिकता दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]