

विराटनगर / दक्षिण कोरियाको मुजु सहरमा जुन २६ देखि २९ सम्म २०२५ विश्व ओलम्पिक्स तेक्वान्दो च्याम्पियन सिपमा खेलाडी राजकुमार दराईले उतकृष्ठ प्रदर्शन गरिएको छ । नेपाली खेलाडी दराईले उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा कास्य पदक जित्न सफल भएका छन् ।राजकुमार दराईले एकल पुम्से विधामा एक कास्य पदक तथा सिनियर फाइट ( ग्योरोगी ) तौल समूह ६८ देखि ७२ केजीमा अर्को कास्य पदक जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएका हुन् ।
दराई भन्छन्, “यो जित मेरो मात्र होइन, आम नेपाली जनताको जित हो। मलाई समर्थन गर्ने सबैप्रति म हृदयदेखि आभारी छु।”
खेलाडी दराईले कोच मास्टर रोहित राजवंशी लाई विषेश धन्यवाद दिएका छन् । मास्टर राेहित हाल दक्षिण कोरियाको योङ्गिन युनिभर्सिटीको तेक्वान्दो शाखामा अनुसन्धानरत छन् । राजवंशीले प्रतियोगिताको सम्पूर्ण तयारी देखि मैदानको प्रतिस्पर्धा सम्म दराईलाई नजिकबाट प्रभावकारी मार्गदर्शन गरेका थिए।
राजकुमार दराईको यो सफलताले अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपालका खेलाडीहरूको सम्भावना र क्षमतालाई अझ बलियो बनाउने विश्वास लिएको छ ।