लेडिज सर्कल ५ ले शिद्धकाली विद्यालयमा २ कक्षा कोठा, जुत्ता र खाजा हस्तान्तरण

Logo
भोजराज घिमिरे प्रकाशित बिहिबार, साउन ०१, २०८२

भोजराज घिमिरे –
विराटनगर, साउन १ गते।
सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटनगर लेडिज सर्कल ५ (BRTLC 5) ले श्री शिद्धकाली आधारभूत विद्यालयमा विद्यालयका २ वटा कक्षा कोठा हरु जीर्णोद्धा निर्माण गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ। साथै विद्यार्थीहरूलाई जुत्ता र पौष्टिक खाजाको वितरणसमेत गरिएको उक्त कार्यक्रम MEGA PROJECT अन्तर्गत साउन १ गते (१७ जुलाई २०२५) विद्यालय परिसरमै सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्रकुमार थापालाई कक्षा कोठा हस्तान्तरण गरियो। विद्यार्थीहरूलाई अध्ययनमा अझ प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ खाजा तथा जुत्ता वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका मुख्य अतिथि BRTLC 5 की चार्टर प्रेसिडेन्ट डा. कोपिला अग्रवाल रहनुभएको थियो।
विशिष्ट अतिथि लेडिज सर्कल नेपालकी राष्ट्रिय सचिव क्र. सोनिया गर्ग र राष्ट्रिय कोषाध्यक्ष क्र. दिव्या गोयनका रहनुभएको थियो।
अन्य विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, प्रधानाध्यापक राजेन्द्रकुमार थापा तथा वडा नं. ५ की सदस्य अन्जु दाहालको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व BRTLC 5 की अध्यक्ष क्र. निलम कुन्डलियाले गर्नुभएको थियो।
धन्यवाद ज्ञापन संस्था की सचिव बिनिता धडेवालले गर्दै सबै अतिथि, विद्यालय परिवार तथा सरोकारवालाप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रमको सञ्चालन क्र. सुनिता अग्रवालले गर्नुभएको थियो।

स्थानीय स्तरमै बालबालिकाको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमहरूले समाजमा उदाहरणीय प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]