आत्महत्या समाधान होइन

Logo
यमुना राजवंशी प्रकाशित शुक्रबार, साउन ०२, २०८२

वर्तमान समयमा आत्महत्या एक गम्भीर र जल्दोबल्दो समस्या बनीरहेको रेडियो, टिभि, पत्रपत्रिका र अनलाईन समाचार माध्यममा देख्न सकिन्छ । आत्महत्या दुई शब्दको मेल हो – आत्म र हत्या जुन आफैमा अत्यन्त भयावह डरलाग्दो श्ब्द हो ।

र आत्महत्या कुनै पनि समस्याको समाधान होइन, तर आमा, बाबाको सपना माथीको धोखा चैँ पक्कै हो । आमा र बाबा तथा अन्य परिवारका सदस्यले उसको भविष्यको सपना हेर्नको लगी वर्षौँ कुरीरहेको हुन्छ । म, हामी र तपाईँले गरिएको एउटा गलत निर्णयले हाम्रो सम्पुर्ण परिवारको जिवनभरिको खुशी, हाँसो हराउछन् जुन आमा र बाबाको लागी एक ठुलो सपना चितामा जलेजस्तै महशुस गर्दछ । जुन सबैले महशुस गर्न सक्दैनन् ।

फेरी जीवन, जीउन सजिलो छैन । यहाँ पिडा र अनेक गम्भीर किसिमको समस्या आउँछ र समाधान गर्दै जानु पनि पर्छ । तर समस्यावाट भागेर कहिँपनि पुगीदैनन् भने विषय वस्तु हामीले पढाई र भोगाईवाट पक्कैपनि सिकेका हुन्छौँ । तर त्यसको अर्थ आत्महत्या गर्नु कदापी समाधान होइन । ढुङ्गा पनि मुर्ती बन्नु अघि कति चोट, हतौडाको प्रहार सहन्छ । कति पटक ढुङ्गा—ढुङ्गा विच्च मुडभेड हुन्छ । झन हामी त मानव हौँ । हामीले भोगेका भोगाई र दुःख पिडाहरुले नै हामीलाई बलियो सहन योग्य र क्षम्तावान बनाउँदछन् ।

समस्या ग्रस्त अवस्थामा हामीले आफ्ना परिवारका सदस्यसंग मिलेर साट्नु पर्छ । हातेमालो गरि समाधान खोज्नु पर्छ । समस्याको समाधानको नयाँ बाटो निर्माण गर्नुपर्छ । समस्यावाट भागेर समाधान हुदैनन् भने कुरा बुझन जरुरी हुनछन् । जीवनको हरेक पाइलामा समस्या हुन्छन् र उस्को साटो समाधान पनि संगै रहन्छ तर आफनो सोच, विचारले समाधान खोज्नुपर्छ । धैर्य, आत्म –संयम र शान्त सोच र विचार । जस्ले तपाईँलाई जीवनको शुख र दुःखमा सहि दिशानिर्देश गर्नसक्दछ ।

बाबाआमाको अगाडि सन्तानको मृत्यु हुनु भनेको उहाँहरुको मुटुमा गहिरो घाउ हुनु हो । यो दुःख पिडा हामीले सोचेर साच्चिकै कल्पना र महशुस पनि गर्न सक्दैनौं । एक सन्तानलाई जन्माउन, हुर्काउन, शिक्षित बनाउने कामना बाबा र आमाको वर्षाँैको त्याग, मिहीनेत र परिश्रमलाई आत्महत्या गरी चितामा परिनत भई, असफल बनाउनु हुँदैनन् ।

हामी सबैलाई आफ्ना दुःख पिडा भोगाईलाई गाह्रो लाग्नु स्वभाविक नै हो तर कुनै एक गलत निर्णय लिँदा जन्मदिने आमा र बाबाको अनुहार एक पल्ट हेर्न आव्शयक छ । जुन दर्दनाक महशुस हुन्छ । हामी भन्दा पनि कठिन, पिडादायक र सङ्गघर्षशिल जीवन बाँचिरहेका ती मानिसहरु पनि प्रयासरत भई अघि बढिरहेको हजारौं मानिसहरु छन् । सुर्य साँझ ढले अर्को दिन विहानी स्वास्थ्य र अर्गानिक प्रकाशका किरणसंगै हाम्रो जीवनमा खुशियाली छर्दै आउँदछन् । विहानी पखको सुर्यको प्रकाशसंगै चरा, चुरुङ्गीको सु—मधुर गानसंगै जीवनमा शान्ती दिन्छ । दिन फेरिन्छ । नयाँ फेरी सोच आउछ । र जीवन फेरी एक पल्ट नयाँ भावनात्मक सोच आउँदछन् । त्यसैले भएपनि दुःखको बेलामा अतालिनु हुँदैन, आत्महत्या जस्तो भयावह विकल्प रोज्नु त झन् कदापि सोचनु हुँदैन ।

यमुना राजवंशी
वि एल एल वि अध्यनरत विद्मार्थी
चौथो वर्ष
ब्राइट भिजन ल कलेज
विराटनगर, कोशी प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]