मैले माछा र मासु खाना छोडे

Logo
संजय कुमार राजवंशी प्रकाशित मंगलबार, साउन १३, २०८२

आमा त्यो विवाहमा म जान्छु हई । नमस्कार काका कार्यक्रममा खानपिन के के छ । मेरो प्यारो भाई खानामा के छ आज । पार्टि कहिले हो साथी म आउँछु नि हई । आज के छ खानामा मासु छ नि । म आज त मस्तले खाने हो मासु, साथीको जन्मदिनमा । यी र यस्त संवाद र बहस साथीभाई संग गरिएको कुराकानी आज करिब डेर वर्ष हुदैछ । म संजय कुमार राजवंशी केही वर्ष देखि पहिला माछा र मासुको पारखी मान्छे र आज माछा र मासु नखाको १ वर्ष ६ महिना भन्दा बढि भयो । माछा र मासु कहाँ र कहिले कस्को विवाह, पार्टि, वार्षिकउत्सव लगायत अन्य कार्यक्रममा खाने व्यवस्था छ भनी पर्खि राख्ने, म आज माछा र मासु नखाको डेर वर्ष करिब पुग्न लागीयो ।

एक किसिमले भने हो भने माछा र मासु एकदमै मन पराउने मान्छे म आज मांसाहार खानु हुदैन । प्राकृतिक सम्पदा र वातावरणलाई असर पार्ने काम गर्नुहुदैन भने भावनाको विकास भएको छ । पशुपंछि, जनावर एक वातावरणलाई सन्तुलित बनाउने काम गर्दछ भने वातावरणले मानव जीवनलाई प्रत्यक्ष स्वास्थ्य बनाउने काम गर्दछन् । “यस विचार लेखि राख्दा तपाईँ सोचनुहुन्छ सानै देखि माछा र मासुमा अभिरुचि राख्ने आज भन्दैछन् म माछा र मासु खादिन भनेर यसको के भरोसा फेरी पछि खान्छन् होला नी” हो यो हुनसक्दछन् म सानै देखि साकाहार मान्छै पकै होइन तर अब नखाने म पक्का भएको छु । विचार समय अनुसार फरक फरक हुन्छ भन्दैमा सबै खाएर अब नखानुको अर्थ के भनु सायद गलत होलान तर म अ साचिक्कै नखानेमा पुगीसके । म आज प्राकृतिक सम्पदा र वातावरणसंग सम्बन्धीत विषय वस्तुमा अभिरुचि राख्ने भएको छु ।

कसैको ज्यान लिई विवाह, पार्टि, जन्मदिन लगायत प्रत्येक मानिसको खुसीमा एक जानवर बद ( मृत्यू ) अनिवार्य भएको छ । अब यस समाजलाई कस्ले सम्झाउने र बुझाउने यो एक अजिव गरिब हिसाबकिताब हो । एक व्यक्ति खुसी अथवा दुखि हुनुभनेको एक जनावरको मृत्यू निश्चित देखिन्छन् । चाहे त्यो माछा, बङ्गुर, खसी, परेवा र हाँस जस्ता जनावरहरुको मृत्यू अनिवार्य देखिएको छ ।

भारतिय प्रसिद्ध विचारक आचार्य प्रसान्तको सामाजीक सञ्जालमा भाइरल भइरहेको भिडियोले मेरो सोच, विचार र दृष्टिकोण फेरीएको तत्कालीन अवस्था हो । करिब १ वर्ष ६ महिना भयो सो विचारमा अडिक रहि बसेको । आचार्य प्रसान्त भारतिय एक प्राकृतिक सम्पदा र वातावरणका बिलकुल फरक धार र फरक विचार राख्दै आएका एक चर्चित विचारकको रुपमा स्थापित भएको व्यक्ति हो । जस्को कुरा सुन र बुझन धेरै भारतीय जनता रुचाउँछन् । पृथ्पी र यहाँको वातावरण, जनावर, पशुपंछि र हावा, माटो, पानि जस्ता वातावरणका मुल आधारभुत विषय वस्तुमा उहाँको विचार एक फरक सन्देश दिने व्यक्ति हो । जस्को विचारमा कठोर भन्दा कठोर श्बदले भरिएको हुन्छन् । विचार माथीको विचार दिने एक कडा प्रस्तुति दिने व्यक्तिका रुपमा उदय भएको एक सच्चा विचारकका रुपमा स्थापित भएको व्यक्ति हुन् ।

नेपालको जनसङ्ख्या, आकार, विज्ञान प्रविधिको पहुँच, भौतिक विकास, जनताको जीवनस्तर र आय स्तरको सूचकाङ्कमा अन्य अधिकाँश धेरै देशको तुलनामा नेपालको स्थान अलि पछाडि छ । यस संसारको चित्रमा करिब—करिब दुई सय देश छन् । ती देशहरु मध्ये नेपालले ओगटेको विश्वको कुल भूभागको केही प्रतिशत मात्र होला । नेपाल कतिपय प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदामा भने धेरै अगाडि छ ।

खानपानको हिसाबमा मांसाहार र शाकाहारलाई दुई भागमा विभाजन गरिएको हाम्रो मान्यता छ । चिप्लो चाप्लो र स्वाद हेर्ने मान्छेहरु मांसहार खानपान नै रुचाउँछन् । र खान्छन् पनि । किनभने यसबाट थरीथरीका व्याञ्जन बनाउन सकिन्छन् । शरीर स्वास्थ्य राख्न आवश्यक पोषक तत्वको अभाव पुरा गर्न पनि मासु खानैपर्ने तर्क बजारमा जताततै देखिन्छन् । त्यसैले माँसाहार खानालाई हाम्रो भाषामा सन्तुलित खाना मानिन्छन् ।

तर, यस धर्तिमा समाजमा अधिकाँश धेरैले आफ्नो जिब्रोलाई शाकाहार खानामा अभ्यस्त गराएका छन् । सर्वव्यापी र साधारण विचार यहिँ मात्रै हो कि साकाहार खानेकुरा खानु एक सहि खाना हो भने समाजको सहि मान्यता र संस्कार पनि हाम्रो हो । र स्वस्थ्य जीवनको लागि शाकाहार खाना सर्बोत्तम र फइदाजनक हो र हुनुपनि पदर्छ । किनभने कसैको जीवन समाप्त गरेर खाना बनाई खानु भनेको त्यो कहिलेपनि सहि र फाइदाजनक खाना हो भनेर भन सकिदैनन् । र त्यो हाम्रो धर्म–संस्कृतिले पनि मांशहार खानालाई सहि खाना मानिदैनन् ।

हामी प्राय विदेशी वा विकसित देशको खानपानमा लमकन्छौँ । विदेशी जनताहरुले त मासु खान्छन् भने हामी खादा के हुन्छन् भने सोचको विकास बजारमा भएको छ । पढेलेखेकाले त मांसाहार खान्छ भने, हामीले किन नखाने भन्ने भावना पनि हामीमा स्पष्टरुपमा अनुहारमा देखिन्छ ।

मांसाहार गर्दा वेफाइदा के हुन्छ ।
१. अप्राकृतिक खानपान, जसको कारण हाम्रो स्वस्थ्य दिनदिनै दुर्बल एवं कमजोर हुँदै जान्छ ।
२. मांसाहारले पाचन प्रणालीमा असर गर्छ । किनभने मासुले पाचन प्रणलीलाई धेरै सास्ती व्यहोर्नुपर्छ ।
३. मासुसँगै हामी धेरै हानिकारक जीवाणु शरीरभित्र प्रवेश गराइरहेका हुन्छौं ।
४. मासु र माछालाई काट्दा जति तडपिन्छ त्यो तडप मान्छेको जीवनको व्यवहारमा स्पष्ट देखिन्छन् ।
५. मांसाहारको दुःख पिडाले हाम्रो आवेग, क्रोध, रिस, उत्तेजना बढाउँछन् ।
६. मासुमा मसला बढी प्रयोग गरिन्छ, यसले पाचन यन्त्रलाई कमजोर बनाउँदछन् ।
७. मांसाहारी खाना खादा निरिह र निर्दोश पशुहरु मारिन्छ ।

शाकाहार खाना किन खानुपर्छ ।
यस पृथ्वीमा प्रकृतिले हाम्रो शरीरका लागि आवश्यक सबै पोषक तत्व प्राप्त हुनेगरी धान, चामल, गहुँ, मकै लगायत अन्य अन्न, गेडागुडी, सागपात, फलफूलहरु दिएको छ । यि खाद्यपदार्थहरु समय अनुसार पृथ्वीमा फल्छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । प्राकृतिक तथा अर्गानिक रुपमा उब्जाऊ हुने भएको यी खाद्यपदार्थमा पर्याप्त पोषक तत्व हुनका साथै सुपाच्य पनि हुन्छ । जो हाम्रो शरीरले सजिलै र सहजरुपले पचाउँछन् । जब पाचन यन्त्र चुस्त हुन्छ, खाएको कुराहरु पचाउने क्षमता हुन्छ, तब हाम्रो शरीर उर्जावान् र बलियो हुन्छ ।

मांसाहार खाने व्यत्तिको तुलनामा शाकाहार व्यक्ति निरोगी, स्वस्थ्य, फुर्तिलो हुन्छ । उनीहरु मधुमेह, युरिक एसिड, उच्च रक्तचाप जस्ता दीर्घ रोगहरुको जोखिममा हुँदैनन् ।

साकाहार खाना किन खानुपर्छ ।

१. हरियो सागपातमा भरपुर मिनरल्स हुन्छ । गाजर, मुला, कांक्रालाई सलादको रुपमा पनि सेवन गर्न सकिन्छ ।
२. फलफुलमा भिटामिन र अन्य पोषक तत्व रहेको हुन्छ । स्याउ, अंगुर, नासपाती, केरा, सुन्तला जस्ता मौसमी खानेकुरा सेवन गर्नुपर्छ ।
३. शाकाहारी व्यक्तिले ड्राइ फुड्सको सेवनबाट पनि उचित मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छन् ।
४. काजु, बदाम, पोटासियम, किसमिस, ओखर आदिमा भिटामिन,फाइबर, क्याल्सियम प्राप्त गर्न सकिन्छ ।
५. दालमा भरपुर मात्रामा प्रोटिन हुन्छ । आफ्नो दैनिक खानामा दाल सामेल गर्न उचित हुन्छ ।
६. हरियो सब्जी नियमित प्रयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी
समाचार संयोजक : राजेश कुमार राजवंशी
व्यवस्थापक : मोहन कुमार राजवंशी
सहकर्मी : चन्दन कुमार रौनियार ( सुनसरी )
सहकर्मी : जनक राजवंशी ( झापा )
सहकर्मी : स्याम माझी क्यामेरा मेन ( विराटनगर )
सहकर्मी : कमला चौधरी ( सुनसरी )
सहकर्मी : सुमन राजवंशी ( विराटनगर )
ग्राफिक्स डिजाइनर : निलेश शर्मा ( विराटनगर )
वेबसाइट आई टि : भबेश मण्डल ( विराटनगर )
सल्लाहाकार : रामसुन्दर राजवंशी
सल्लाहाकार : स्यामसुन्दर सुतिहार
सल्लाहकार : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]