विराटनगरमा पहिलो पटक ट्राफिक लाईट जडान, सोमबार उद्धघाटन हुदै

Logo
सरिता कर्मकार / विराटनगर प्रकाशित शनिबार, साउन १९, २०८१

विराटनगर / विराटनगर महानगरपालिकामा पहिलो पटक ट्राफिक लाईट जडान गरिएको छ । यो मोरङकै पहिलो ट्राफिक लाईट हो । विराटनगर स्थित बरगाछी चोकमा ट्राफिक लाईट जडान गरि परिक्षण भईरहेको छ ।

सवारी साधनको चाप बढे संगै सवारी दुर्घटना निकै बढ्दो क्रममा भईरहेको कारण यसलाई नियनत्रण गर्नका निम्ति आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला ट्राफिक संँग समन्वय गरी ट्रफिक लाईट जडान गरेको हो । महानगर भित्र सबै भन्दा धेरै दुर्घटना हुने क्षेत्र बरगाछिमा लाईट जडान गरि जिल्ला ट्राफिक प्रहरीको टोलीले परिक्षण गरिरहेका छन् ।

कोशी प्रदेशमा दोस्रो तथा मोरङ जिल्लामा पहिलो पटक गरिएको ट्राफिक लाईट जडान शनिबार र आईतबार परिक्षण गरि सोमबारका दिन उद्धघाटन गरिने मोरङ जिल्ला ट्राफिक प्रहरी निरिक्षक सुमन न्यौपानेले बताए । महानगरलाई प्रबिधि मैत्री बनाई प्रणालीमा लैजाने उदेश्यले ट्राफिक लाईट जडान गरिएको उनले जानकारी दिए ।

यस प्रबिधि मार्फत प्रणालीमा गए पस्चात दुर्घटना न्युनिकरण हुने उनले बताए ।

पैदलयात्रओ र सवारी चालकहरुलाई ट्राफिक लाईट तथा जेब्रा क्रसिङ्गको बिषयमा जनाकारी नभएकोले सचेतना कार्यक्रमहरु आयोजना गरि ट्राफिक लाईट के हो, कसरी नियमको पालना गर्ने जस्ता विषयमा जनाकारी दिदै आईरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]