

दुहवी / एक्सेल डेभलपमेन्ट बैंक दुहवी शाखाले महिला ग्राहक तथा स्थानीय महिला दिदि बहिनीहरुका लागि पहिलोपटक मेहेन्दी उत्सव २०८२ आयोजना गरेको छ ।
बैंकले साउन महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतीको जर्गेना गर्ने प्रयास स्वरुप उक्त उत्सव गरेको हो ।
कोशी प्रदेशको पहिलो प्रदेश स्तरीय बैंक एक्सेल डेभलपमेन्ट बैंक रहेको उक्त बैंकको दुहवी शाखामा भएको उत्सवमा यसै बैंकका डी।सी।ओ। लेख राज कार्की प्रमुख अतिथिको रूपमा रहनु भएको थियो भने यस बैंकको ईटहरी क्षेत्रीय प्रमुख दीपक कुमार दास विशिष्ठ अतिथी को रूपमा रहनु भएको थियो।
उत्सवमा बैंकका डी।सी।ओ। लेख राज कार्कीले महिलाहरुको देवकालदेखि श्रृंगारको रुपमा मेहेन्दी प्रयोगमा रहेको, शुभकार्य, स्वास्थ्य, सुखशान्ति, आपसी सदभावसंग जोड्दै उहाले मेहेन्दी उत्सवको महत्व बारे चर्चा गर्नुभएको थियो ।
के एण्ड मेकअप स्टुडियो का संचालक नवीना कुमारी तबदर को सहयोगमा तथा एक्सेल डेभलपमेन्ट बैंक दुहवी शाखा को आयोजनामा साउन महिनाको १४ गते बुधबार यस उत्सव मा पहिलो पटक महिला ग्राहक तथा स्थानीय महिला दिदि बहिनीहरुलाई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउने उत्सव सम्पन्न गरेको बैंकले प्रष्ट्याएको छ ।
करीब १५६ जना महिला ग्राहक तथा स्थानीय महिला दिदिबहिनीहरु को सहभागिता रहेको उक्त उत्सव सफतापूर्वक सम्पन्न भएको एक्सेल डेभलपमेन्ट बैंक दुहवी शाखाका बताए।
एक्सेल डेभलपमेन्ट बैंक को ४७ वटा शाखाहरू बाट उत्कृष्ठ सेवाहरु दिँदै आइरहेको छ।