

विराटनगर / झापा जील्लाको कचनकवल गाउँपालिका वडा नम्बर ५ का २४ वर्षिया गायिका जानकी राजवंशी विगत ९ वर्ष देखि सत्संगका कार्यक्रममा सहभागी भई भक्तिगितहरु गाउँदै आएकि छिन् । उनि हाल श्रीहरि सत्सङ समिति नेपाल नामक संस्थामा आबध रहि काम गर्दै आएकी छिन् ।
विगत २०७३ साल देखि हालसम्म यस संस्थामा आबध रहि काम गर्दै आएकी गायिका जानकी राजवंशी आज यस संस्थामा सदस्य भई काम गर्दै छिन् । भक्तिसन्देश गीतहरुमा अत्यन्तै अभिरुचि राख्ने र भगवान प्रति आस्था र विस्वास राख्ने एक भक्ती गान गायीका हुन् । भागवत पुरान जस्ता कार्यक्रममा सहभागी भई आफनो सांगीतिक कला प्रस्तुति दिने अत्यन्तै रुचि राखछिन् ।
बुवा लालबाबु राजवंशी र आमा गुवासरी राजवंशीकी छोरी हुन् । भक्ति गीतहरुमा अत्यन्तै अभिरुचि राख्दै अहिले सतसङ्घ समितिमा आबध रहि कामहरु गरिरहेकी छिन् ।