राम राजवंशी गायन क्षेत्रमा सक्रिय

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बिहिबार, साउन १५, २०८२

विराटनगर / झापा जिल्लाको झापा गाउँपालिका वडा नम्बर १ का २८ वर्षिया गायक राम राजवंशी, राजवंशी समाजमा एक सफल गायक हुन् । विगत लामो समय देखि साँगीतिक क्षेत्रमा लागी परेका गायक राम राजवंशी १५ वर्ष देखि राजवंशी, नेपाली तथा अन्य गीतहरु गाउँदै आएका छन् । राजवंशी समाज तथा राजवंशी समुदायको भाषाको पहिचानसंगै म्यूजीक भिडियो तथा अन्य गाना मार्फत निरन्तर समाजको गायन क्षेत्रमा सक्ष्म र सफल गायक हुनपुगेका छन् ।

उनी हालसम्म करिब २३ ओटा गानामा आफनो सु—मधुर आवाज दिइसकेका छन् । उनले गाएका गीतहरु मध्य जस्तै एक्टा गेछा, वेहार ढोल, बेबी आई लव यू, रसे—रसे, कोच राजवंशी चेङ्गग्रा मुई लगायत अन्य धेरै गानामा आफनो आवाजको प्रतिभा देखाइसकेको एक सफल गायक हुन् ।

आर्टस पेशा, टिचिङ्ग पेशा र गायन क्षेत्रमा सक्रीय रहेका गायक राम राजवंशीका बुवा टिकालाल राजवंशी र आमा राजवत्ति राजवंशीका छोरा हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]