दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिक १५ बाट सुरु हुने

Logo
भोजराज घिमिरे प्रकाशित शुक्रबार, साउन १६, २०८२

दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिक १५ बाट सुरु हुने

पथरी शनिश्चरे, साउन १५ – मोरङको पथरीशनिश्चरेमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ।

पथरी–११ फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता सम्बन्धी जानकारी दिएको हो। क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिताको पहिलो स्थान प्राप्त गर्ने टिमले ५ लाख रुपैयाँ, दोस्रो हुने टिमले २ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा पहिलो गोल्डकपमा सहभागी भएका टिमहरूलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। कार्यक्रम सम्पन्न गर्न ६० लाख रुपैयाँको लागत अनुमान गरिएको अध्यक्ष विकले बताए।

पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, समाजसेवी प्रदीपकुमार राई, खेल संयोजक जितेन राई, कोषाध्यक्ष अम्बिका लिम्बू, फुटबल टिमका कोच अर्जुन बस्नेत, खेलप्रेमी भिष्म न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम क्लबका सचिव केशर राईले सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]