एमाले विराटनगर ६ द्वारा घिमिरेलाई शुभकामना व्यक्त

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शनिबार, साउन १९, २०८१

विराटनगर / नेकपा एमाले विराटनगर महानगरपालिका वडा – ६ कमिटीले नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।आज विराटनगरमा सम्पन्न वडा कमिटीको पूर्ण बैठकले घिमिरेलाई मोरङ जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गरेकोमा बधाई तथा सुखद कार्यकालको सफलता व्यक्त गरेको हो ।

वडा कमिटीका अध्यक्ष नारायण बरालले शुभकामना व्यक्त गर्दै लामो समय देखी मोरङलाई कार्यक्षेत्र बनाएर पार्टी काम खट्नु भएको नेता घिमिरेले मोरङ जिल्ला इन्चार्जको जिम्मेवारीमा पाउँदा विराटनगरका नेता कार्यकर्ता थप हर्षित भएको बताउनु भएको थियो ।

सोही बैठकमा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण ( पर्शुराम ) बस्नेतले मोरङमा थुप्रै नेता कार्यकर्ताहरूका वैचारिक प्रशिक्षक घिमिरेलाई इन्चार्जको रूपमा पाउँदा पार्टीका नेता कार्यकर्ताहरूले थप उर्जा र उत्साह महसुस गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

तत्कालिन प्रदेश नं १ हालको कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत रहिसक्नु भएका विराटनगरका नेता घिमिरेलाई एमालेको ३४ औं मोरङ जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरेको थियो । यस अघि घिमिरे सङ्खुवासभाको इन्चार्जको भूमिकामा रह्नु भएको थियो ।

वडा कमिटीका अध्यक्ष बरालका अनुसार वडा कमिटीको पूर्ण बैठकमा एमाले मोरङ अध्यक्ष बाबुराम कार्की , विराटनगर महानगर कमिटी सचिव रोहित कोइराला लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]