

विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका वडा नम्बर —२ स्थित बि एस एन स्कुल अफ होटल म्यानेजमेन्टले नयाँ विद्यार्थीहरूलाई विभिन कार्यक्रम गरि अभिमुखीकरण कार्यक्रम सम्पन गरेका छन् ।
सो कलेजमा नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई सहभागी गराई विराटनगरको सुविधा सम्पन भएको रतना होटेलमा अभिमुखीकरण कार्यक्रम सहित अन्य विविध कार्यक्रमहरु समेत गरिएको छ । कायक्रममा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी कञ्चन राजवंशीलाई सम्मान गरिएको छ । यसैगरी, पोशाक अनुशासनतर्फ सलिन दनुवार र रोनिश महासेठ, कलेजमा समयको अनुशासनतर्फ मरियम लिम्बू र रमिता राजवंशीलाई पनि सम्मान गरिएको छ ।
सांस्कृतिक कार्यक्रम, नेपालको संस्कृति झल्काउने फेसन सो, लाखे नाँच, थारु भाषा र अन्य विभिन भाषागत गीतहरु समेत विध्रार्थीहरुले नृत्य मार्फत प्रस्तुत गरेका छन् ।
बी एस एन स्कूल अफ होटल म्यानेजमेन्टका कार्यक्रम निर्देशक मनोज राजवंशीले सबै विध्रार्थीहरुलाई उज्वल भविष्यको सुभकामना दिदै अझै लगनशिल भई अध्यन गर्नुपर्ने बताएका छन् । र सास्थम कलेजका प्रबन्धक महेश्वर सिङ्ग लगायतले विध्रार्थीहरूलाई सम्मान गरेका थिए ।
सो कार्यक्रममा एस्पायर कलेजका सीएम बस्नेत, एम्स कलेजका सशांक पोखरेल, नेपाल बिजनेश कलेजका दीपक कोइराला लगायतले मन्तव्य राखेका छन । उक्त बी एस एन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजमा ७० जना हाराहारी विद्यार्थी अध्ययनरत छन् ।
अभिमुखिकरण कार्यक्रममा विद्यार्थीले पालना गर्नुपर्ने नियम, अनुशासन रं अध्ययनको महत्वको विषयमा समेत जानकारी गराइएको स्कुलका शिक्षक तथा कार्यक्रम सञ्चालक इन्द्र घिमिरेले जानकारी गराइएको छ ।