

दुहबी/सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ सोनापुर स्थित रहेको राधाकृष्ण मन्दिरमा
हिन्दु धर्मावलम्बीले अत्यन्त भक्तिभावका साथमनाउने झुलन पर्व दुहबी नगर प्रमुख वेदनारायण गच्छादारले मन्दिरपरिसरमा सजाइएको झुलन मा राधा र कृष्णको मुर्ति बिराजमान गराइ पुजा अर्चनाका साथमा झुला झुलाएर ( हल्लाएर) झुलनोत्सवको उद्घाटन गरि
सुरु भएको छ ।
यो पर्वमा भगवान श्रीराधाकृष्णको युगलजोडीलाई पिङ अर्थात झुलामा राखेर झुलाईनुका साथै भब्य धार्मिक कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । झुलाको अवसरमा दुहबी नगरपालिका वडा नम्बर ६ दुहबी वडा नम्बर ८ र दुहबी वडा नम्बर १०मा रहेको राधाकृष्णको मन्दिरहरु सिंगारिएका छन ।सो अवसरमा दुहबी ८ सोनापुर राधाकृष्ण मन्दिरमा श्रद्धालुको भीड लागेको छ ।
प्रत्येकबर्ष झुलापर्व हुने ५ दिन सांझपख सो मन्दिरमाश्रद्धालुको उल्लेख्य भीड लाग्ने गरेको छ । यसपटक किर्तन भजनमा स्थानीय भजन मण्डली तथा
राष्ट्रिय यस्तरको कलाकार गायक दिपक कार्की र गायिका दिपा यादबको प्रस्तुति रहने अायोजकले मन्दिर समितिको सचिव राम प्रसाद राइले जानकारी दिएका छन ।
मन्दिरले स्थापनाकालदेखि नै झुलापर्वको आयोजनागर्दै आएको मन्दिरका मुख्यपुजारी हरि शरण घिमिरे जानकारी दिए । उनले कंशको अत्याचार बढेपछि भक्तजनले भगवान कृष्णको पुकार गरेको र उनले जन्मलिने सुनिश्चित भएपछि खुशियालीमाभगवानको प्रतिमालाई झुलामा राखेर झुलाउने प्रचलन शुरु भएको कथन रहेको बताए ।
साउन शुक्ल एकादशीबाट शुरु हुने झुला ५ दिनसम्म धुमधामका साथमनाएर जनै पुर्णिमाका दिन समापन महाआरती गरेर हुने ब्यबस्थापन समितिले जानकारी गराएको छ महा आरती श्रावण २४गते राती ९ बजे देखि हुने छ ।
झुलनोत्सवको अवसरमा मन्दिरले भजनकिर्तन सहित विविध प्रकारका धार्मिक कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको जनाइएको छ ।