नेपाली राष्ट्रिय क्रिकेटर ललित नारायण राजवंशीकाे आमाकाे निधन

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित आइतबार, साउन २५, २०८२

कटहरी / नेपाली राष्ट्रिय क्रिकेटर ललित नारायण राजवंशीलाई मातृ शोक परेको छ । ललितकी ममतामयी आमा ६३ बर्षिया स्वर्गीय शुभो राजवंशीको आईतबार विहान ४ बजे निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले ग्रामीण पत्रिकालाई फाेन सम्पर्क गरि जानकारी दिएका छन् ।

जेठा छाेराका अनुसार आमा विगत लामो समयदेखी मुटु रोगबाट ग्रसित हुनुहुन्थ्यो । विराटनगर महानगरपालिका वडा नम्बर – १४ स्थित घरमा अहिले परिवार तथा आफन्त र छिरछिमेक भेला भएको परिवारजनले जानकारी दिएको छ ।

मृतकको आजै अन्तिम दाहसंस्कार गर्ने तयारीमा रहेको जानकारी दिइएको छ । मृतक आमा शुभोका तीन छोरा र एक छोरी छन् । जसमा क्रिकेटर ललित नारायण राजबंशी कान्छा छाेरा हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]