

कटहरी / काेशी प्रदेशको राजधानी विराटनगर स्थित ८० वर्ष पुरानो पिपलकाे रुख काटिदा प्राकृतिक तथा वातावरण अभियानता पारुल क्षेत्री विरोध गरेको छन् । क्षेत्री भाेलि विहान ९:३० बजे धर्णा दिने कार्यक्रम समेत रहेको ग्रामीण पत्रिका डटकमसंग फाेन सम्पर्कमा जानकारी गराएकाे छ ।
सत्यनारायण मन्दिर अगाडि रहेको वर्षाैँ देखिको पिपलको रुख रथयात्रामा अवरोध गर्छ भन्दै रुख काटिएको छ । प्राकृतिक तथा वातावरण अभियानता पारुल क्षेत्रीले त्यहीँ पुगेर विरोध गरेका हुन ।
वर्षौं देखि पुरानो रुखका हाँगाबिगा काटिरहेको सुन्नासाथ क्षेत्री त्यहिँ पुगेर माइकिङबाट विरोध गरेको हाे । साथै त्यहीँबाट विरोधमा उत्रिन युवा वर्गलाई आह्वान समेत गरे ।
माइक बोकेर रुख छेउमा पुगेर क्षेत्रीले रुख काट्ने अधिकार कसैसँग नभएको बताउँदै माइकमा बाेल्न थाले । क्षेत्रीले भने, “यो पटक रथको उचाइ बढाइयो भनेर रुख काट्न पाइन्छ ? रथयात्राको बहानामा रुख काटिएको छ ।” भन्दै विरोध समेत गरे ।
उनले अदालत र प्रशासनले कारबाही गर्छ कि गर्दैन थाहा छैन भन्दै रुख बचाउने अभियानमा सबै अनिवार्य लाग्नुपर्ने बताए ।
“सबैले विरोध गरौँ, टुलुटुलु हेरेर नबासौँ, ऐतिहासिक रुखहरू काट्न थालिएको छ, एक दिन मन्दिरले पनि डिस्टर्ब गर्यो भन्दैमा भत्काइदिने ” पारुल राजनीति छाडेर विराटनगरमा रुख रोप्ने अभियानमा खटिँदै आएका छन् ।
। रुख र विरुवा एक वातावरण हाे यस्ले समाजमा स्वच्छ अक्सिजन दिनछन् । पर्यावरण समाप्त गर्ने विरोधीलाई कडा कारबाही हुनुपर्ने उनले माग समेत गरे ।