मोरङ चेम्बर अफ कमर्सको पदस्थापन समारोह सम्पन्न

Logo
Gramin Patrika प्रकाशित शनिबार, साउन ३१, २०८२

मोरङ चेम्बर अफ कमर्सको पदस्थापन समारोह सम्पन्न

विराटनगर – मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीको पदस्थापन तथा सम्मान समारोह सोमबार विराटनगरमा सम्पन्न भएको छ।

अधिवेशनबाट शिवप्रसाद रिजाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। विराट व्यापार संघका पूर्वअध्यक्ष समेत रहेका रिजाल यसअघि मोरङ चेम्बर अफ कमर्सका उपाध्यक्ष थिए।

उपाध्यक्षमा घनश्याम कावरा र तुलसीप्रसाद पोखरेल निर्विरोध चयन भए। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठका अनुसार महासचिवमा कृष्णप्रसाद दाहाल, कोषाध्यक्ष मनोजकुमार मिश्र, सचिव हरिबहादुर श्रेष्ठ र सह–कोषाध्यक्ष देवेन्द्रबहादुर बस्नेत निर्विरोध चयन भए।

सदस्यहरूमा अञ्जलीदेवी श्रेष्ठ, विजय सुराना, दुर्गामणी रेग्मी, युगलकिशोर राठी, विकास लालवानी, शशीमोहन सिन्हा (निरज), रितेश खनाल, सुरेशकुमार भट्टराई, सुभाषप्रसाद रिजाल, चिरञ्जीवी पराजुली, सीता देवी अधिकारी (लामिछाने) रहेका छन्।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितीलाई निवर्तमान अध्यक्ष यादव पोखरेलले शुभकामना दिँदै “नयाँ टोली सक्षम र अनुभवी भएकाले संस्थाको कार्यक्षमता अझ उन्नत हुनेछ” भन्ने विश्वास व्यक्त गरे। उनले पदाधिकारी तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरे।

सो अवसरमा विराट मेडिकल कलेज, मुरारका ग्रुपका अध्यक्ष प्रदीप मुरारका र हिन्दुस्तान टाइम्सका बरुण मिश्रालाई सम्मान गरिएको थियो।

निर्वाचनको नतिजा घोषणा तथा प्रमाणपत्र वितरण प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले गरे। नयाँ अध्यक्ष शिवप्रसाद रिजाललाई सपथ ग्रहण निवर्तमान अध्यक्ष यादव पोखरेलबाट दिलाइएको थियो भने बाँकी कार्यसमितीलाई अध्यक्ष रिजालले सपथ ग्रहण गराए।

अध्यक्ष रिजालले आफ्नो मन्तव्यमा मोरङ चेम्बर अफ कमर्सलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गर्दै “अनुभवी साथीहरूको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु” भने।

कार्यक्रमको अन्त्यमा उपाध्यक्ष तुलसीप्रसाद पोखरेलले धन्यवाद ज्ञापन गरे। सञ्चालन सचिव हरिबहादुर श्रेष्ठले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]