नेपाल प्राध्यापक सङ्घ डिग्री क्याम्पस एकाइ समिति विराटनगरले ६३औ प्राध्यापक संघ दिवस मनाए

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शनिबार, साउन ३१, २०८२

विराटनगर / त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ डिग्री क्याम्पस विराटनगर एकाई समितिले त्रिबी प्राध्यापक सङ्घको ६३ औ दिवस मनाएका छन्।

श्रावण २८ गते भएको उक्त अवसरमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ डिग्री क्याम्पस एकाई विराटनगरले एक कार्यक्रम को आयोजना गरी भव्यताका साथ दिवस मनाएका छन्।

त्रिवी प्राध्यापक सङ्घ डिग्री क्याम्पस विराटनगरले सदा झै यस वर्ष पनि सेवा निवृत हुनुभएका, प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान प्रदान गरिराख्नु भएका र नव आगन्तुक प्राध्यापकहरुलाई ढाका टोपी, माला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको छ ।

जेष्ठ प्राध्यापक कविराज न्यौपाने प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल प्राध्यापक सङ्घ एकाइ डिग्री क्याम्पस एकाई ले दीर्घ सेवा प्राप्त गर्नु भएका तथा जेष्ठ प्राध्यापकको रूपमा डाक्टर अपार कुमार लम्साललाई पदक पदक तथा प्रमाणपत्र सहित सम्मान प्रदान गरेको छ।

त्यस्तै यस डिग्री क्याम्पसबाट सेवा निवृत हुनुभएका निवर्तमान क्यामपस प्रमुख जयनारायण श्रेष्ठ र डाक्टर सितांशु शेखर चौधरीलाई पदक तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ
दीर्घ सेवा प्राप्त गर्नु हुने डिग्री क्याम्पसका क्याम्पस प्रमुख ढकबहादुर मगरलाई सम्मानपत्र प्रदान गरेको छ।

विद्यावारिधि गरेबापत डिग्री क्याम्पसका डाक्टर डिल्लीराम प्रसाईँ र डाक्टर बन्दना जैनलाई प्रमाणपत्र सहित सम्मान गरेको छ।
यस क्याम्पसमा सरुवा भई आउने डाक्टर इन्दिरा मिश्रलाई सम्मान गरेको छ। त्यस्तै नवनियुक्त उपप्राध्यापकको रुपमा केदारनाथ लुइटेललाई प्रमाणपत्र सहित सम्मान गरेको छ।

नेपाल प्राध्यापक सङ्घ डिग्री क्याम्पस २१ समिति विराटनगरका सभापति रामप्रसाद पोखरेलले सभापतित्व गर्नुभएका त्रिवी प्राध्यापक सङ्घ दिवस कार्यक्रममा कार्यक्रमको उद्घोषण पवनकुमार यादवले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]