ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा विश्व एकता र बन्धुत्वका लागि विराटनगरमा बृहत् रक्तदान

Logo
भोजराज घिमिरे प्रकाशित बुधबार, भाद्र ०४, २०८२

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा विश्व एकता र बन्धुत्वका लागि विराटनगरमा बृहत् रक्तदान
विराटनगर – ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा दादी प्रकाशमणिजीको २८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल–भारतभर एकसाथ बृहत् रक्तदान अभियान हुने भएको छ।

नेपालमा यस अभियानको नेतृत्व ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले गर्ने भएको हो। अगस्त २२ देखि २५ (भदौ ६ देखि ९) सम्म सञ्चालन हुने यस कार्यक्रममार्फत करिब १ लाख यूनिट रक्त संकलन गर्ने लक्ष्य राखिएको आयोजकहरूले जनाएका छन्। नेपाल र भारतका हजारौँ ब्रह्माकुमारी सदस्यहरू, विभिन्न सामाजिक संस्था तथा सङ्घ–संगठनहरूको सक्रिय सहभागिता रहने छ।

ब्रह्माकुमारी राजयोग सेवा संस्थाले शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई प्रवर्द्धन गर्न ८५ वर्षदेखि आध्यात्मिक, नैतिक र चारित्रिक मूल्यमा आधारित गतिविधि सञ्चालन गर्दै आएको छ। यसपटकको अभियानले नेपालमा बढ्दो रक्तअभाव समाधान गर्ने मात्र नभई सामाजिक एकता र मानवीय सहयोगमा पनि ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अभियानको नारा “रगत दान, जीवन दान” राखिएको छ। आयोजकहरूले समाजका सम्पूर्ण इच्छुक रक्तदाताहरुलाई सहभागी भई अभियान सफल बनाउन आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]