विराटनगरमा विशाल रक्तदान र्‍याली

Logo
भोजराज घिमिरे प्रकाशित बिहिबार, भाद्र ०५, २०८२

विराटनगरमा विशाल रक्तदान र्‍याली
विराटनगर, भदौ ५ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले संस्थाकी पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणीज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा विशाल र्‍यालीको आयोजना गरेको छ।

विश्वमा एकता र आपसी बन्धुत्वको भावना जागृत गर्न भदौ ६ देखि ९ गतेसम्म (अगस्ट २२–२५) नेपाल, भारत र केही दक्षिण एशियाली मुलुकका हजारौं ब्रह्माकुमारी सदस्यहरू तथा विभिन्न संघसंस्थाको सहयोगमा १०० घण्टामा १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्यसहितको अभियान अन्तर्गत विराटनगरमा र्‍याली निकालिएको हो।

रक्तदानप्रति जनचेतना जगाउन आयोजित उक्त र्‍यालीलाई विराटनगर महानगरपालिका–१० का वडा अध्यक्ष अर्जुन गिरी र ब्रह्माकुमारीज विराटनगर क्षेत्रीय कार्यालय प्रमुख राजयोगिनी गीता दिदीले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]