शिक्षा विधेयकविरुद्ध इटहरीमा निजी विद्यालय सञ्चालकहरूको विरोध जुलुस

Logo
प्रदीप भुजेल प्रकाशित शुक्रबार, भाद्र ०६, २०८२

शिक्षा विधेयकविरुद्ध इटहरीमा निजी विद्यालय सञ्चालकहरूको विरोध जुलुस
इटहरी, भदौ ६ ।
शिक्षा विधेयक पास भएको विरोधमा आज इटहरीमा निजी विद्यालय सञ्चालक संस्थाहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।

सम्बादाता प्रदीप भुजेलका अनुसार नेसनल प्याब्सन, प्याब्सन, हिसान र ओपनको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका कार्यालय अगाडि विरोध जुलुस निकालिएको हो। जुलुसपछि कोणसभामा परिणत भएको उक्त कार्यक्रममा सहभागी निजी विद्यालयका बसहरूमा कालो झण्डा टाँगिएको थियो।

विरोध कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले सरकारले ल्याएको शिक्षा विधेयक निजी विद्यालयहरूको अस्तित्व नै खतरामा पार्ने खालको भएको बताएका थिए। उनीहरूले उक्त विधेयक तत्काल सच्याउनुपर्ने माग गर्दै शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]