दुहबीमा बाबा श्री गणीनाथ गोविन्द भगवानको जयन्ती पुजापाठ भव्य रुपमा सम्पन्न

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित शनिबार, भाद्र ०७, २०८२

दुहबी / सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको  निर्मित भवनमा बाबा श्री गणीनाथ गोविन्द महाराज भगवानको जयन्ती भब्य पुजापाठ गरि स्वर्ण महोत्सवका रुपमा मनाइदै छ ।

हलुवाई  समुदायको कुल देवता समेत रहेको भगवान गणीनाथ गोविन्द भगवानको पुजाको अवसरमा आयोजक हलुवाई  समुदायले दुहबीमा भव्य रुपमा किर्तन भजन संंगै महा प्रसादको रुपमा खिर र  भन्डारा गरि सम्पन्न भएको  छ । नेपाल हलुवाइ सेवा समिति दुहबीका अध्यक्ष सुमेश हलुवाइ (पप्पु )का  अनुसार बाबा श्री गणीनाथ गोविन्द महाराजको जन्मस्थली भारत विहारको बैशाली जिल्ला पटना छेउको महनारमा रहेको छ । बाबा श्री गणीनाथ गोविन्द भगवान कृष्णकै एक अवतार रहेकाले कृष्णजन्माष्टमी पछिको शनिवार हरेक वर्ष उहाँको जयन्ती मनाउने गरिएको छ ।

गोविन्द महोत्सवको अवसरमा हलुवाई  समाजले परम्परा अनुसार विशेष पुजापाठ गरि मनाउने गर्दछ । अन्य समुदायले पनि बाबा श्री गणीनाथ गोविन्दलाई कुल देवताका रुपमा मान्दै पुजापाठ गर्ने गरेको उनीहरु बताउछन् । पुजा र कर्तनभजन कार्यक्रममा अरुण हलुवाई ,रिषी साह हलुवाइ,सुनिल हलुवाई ,मुकेश हलुवाइ , हरिचरण हलुवाइ ,प्रेम हलुवाई  र बिरेण हलुवाइ लगायत समितिका सम्पूर्ण पदअधिकारीहरु ब्यापक उपस्थित रहेको थियोे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]