

दुहबी / सडक दुर्घटना न्यूनिकरणको लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत ईलाका प्रहरी कार्यालय दुहबी र ट्राफिक प्रहरी पोस्ट दुहबी सक्रिय भएको छ ।
ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला दुहबी प्रहरी र दुहबी ट्रफिक प्रहरीले संयुक्तरूपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत आफ्नो सक्रियता देखाएको हो । दुहबी इनरुवा सड्क खण्डमा पर्ने डागा चौकमा साथै कोशी राजमार्ग अन्तरगत सुनसरीको दुहबी सड्क खण्डमा गुड्ने सिटी सफारीहरुको चालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि तथा सचेतनामुलक कार्यक्रम, दुई पाग्रेै चार पाग्रै सवारी चालक तथा पैदल यात्रीलाई लक्षित गर्दै दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।
ट्राफिक चेकिङको महत्त्व सम्बन्धि सचेतना दिनुका साथै चालक, सहचालक साथै सर्वसाधरण पैदलयात्री तथा सवारी चालकलाई ट्राफिक शिक्षा प्रदान गरेको थियो । ट्राफिक प्रहरीले संचालन गरेको उक्त ट्राफिक सचेतना कार्यक्रमले ट्राफिक व्यवस्थापनमा सहज हुने तथा दूर्घट्नामा कमि ल्याउने दुहबी ट्राफिकका प्र.ना.नी नारद दाहालले बताए ।
हर प्रहर,गाउँ र नगरी टोलटोलमा नेपाल प्रहरी समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सवारी दुर्घटना न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय दुहबीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुहबी ट्राफिक कार्यालय संग समन्वय गरि ट्राफिक नियम पालना गरी यात्रुहरुलाई जनचेतनामूलक पर्चा पम्पलेट वितरण , पैदल यात्री , निजी तथा सामुदायिक बिधालयहरुमा अभियान सुरु गरिएको छ। तपाईंको सुरक्षा हाम्रो सरोकार’ अभियान अन्तर्गत मोटरसाइकल, स्कुटर,मेजिक भ्यान ,टेम्पु मिनि माइक्रो ,बस प्रयोगकर्ताहरुलाई सवारी दुर्घटनाका कारणहरु र मोटरसाइकल स्कुटर चलाउदा ध्यान दिनु पर्ने कुराहरु बारेमा जानकारी गराइएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।