विपन्न परिवारका बालबालिकाहरु लाईकपी पेन्सील वितरण

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित आइतबार, साउन २०, २०८१

सुनसरी /लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत लायन्स अंकित कपी प्यान्सील वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

इटहरी ४ मा रहेको कचना माध्यमिक विद्यालयमा अध्यनरत विपन्न परिवारका बालबालिकाहरु लाई पठन पाठनमा सुविधा होस भनेर एक सय बढी विद्यार्थिहरु लाई कपी,पेनसिल, डटपेन वितरण गरिएको हो ।लायन्स क्लबले सामाजिक कार्य अन्तरगत विभिन्न समाजिक कार्यहरु गर्दै आएको र यँहा रहेकाल छन ।

कचना माविका प्रधानध्यापक हरि शंकर घिमिरेले यो स्कुल हेर्दा मात्र ठुलो छ तर यस भित्र विपन्न परिवारका छोरा छोरी र निःसाहय बालबालिकाहरु पठ्ने गरेका छन् । स्कुल सङ्ग केही स्रोत नभएको हुदा यो लायन्स क्लब इटहरी मनोकामनाले गरेको सहयोगले विद्यार्थीका लागी धेरै ठुलो सहयोग भएको बताए ।

लायन्सको नेतृत्वमा हेको क्लबले समाजमा धेरै खालको समस्यहरु हुन्छन , जहाँ समस्या त्यहा लायन्स भन्ने नाराका साथ कपि बितरण गरेर शिक्षाको ज्योति बढाउन सहयोग पुगेको कार्यक्रमका प्रमुख आतिथी  ४ नम्बर एरिया चिफ कोडिनेटर थानेश्वर ढकालले बताएका छन ।

लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ सीका गर्भनर विकास अधिकारी,इटहरी ४ का वडा अध्यक्ष भक्त बहादुर  लामा,कचाना टोल विकास सस्थाका अध्यक्ष कृष्ण  श्रेष्ठ लगायतले वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]