कटहरीकाे वातावरण अ-स्वास्थ्य हुदै

Logo
संजय कुमार राजवंशी प्रकाशित सोमबार, भाद्र १६, २०८२

कटहरी / माेरङकाे कटहरी गाउँपालिका एक औधोगिक क्षेत्र जस्तो बन्दै गएको छ । यता हेरियो उधाेग कल-कारखाना उता हेरियो अ-स्वास्थ्य वातावरण । कटहरी बजार जताततै फाेहाेर र दुर्गन्धित वातावरणकाे अवस्था । उधाेग भए राेजगार हुन्छ र राेजगार भए वातावरण अ-स्वास्थ्य हुन्छ भनेझैँ अहिले कटहरीकाे अवस्था यस्तै छ ।
कटहरी गाउँपालिका क्षेत्रभर साना, मझौला र ठुला उधाेग गरि करिब सयौंको सङ्ख्यामा कल-कारखानाहरु नेपाल सरकारले दर्ता दिई सञ्चालनमा छन् ।

यस्तै कटहरी गाउँपालिका वडा नम्बर – ४ स्थित ग्लाेबल वायाे इनर्जी प्राइभेट लिमिटेडले कटहरी वासिलाई राेगि र अ-स्वास्थ्य बनायो भन्दै कटहरीका राधे कामत र कमलेश कामतकाे संयुक्तरुपमा कार्वाहीकाे माग निवेदन स्थानीय तह कटहरी कार्यालयमा दर्ता गराएका छन् । स्वासप्रस्वास लिन गाह्राे र दुर्गन्धित वातावरणले जनजिवन प्रभावित भएको बताएका छन् ।

 

कटहरीका सचेत नागरिक समाजले बार-बार स्थानीय तहमा वातावरण अ-स्वास्थ्य र दुर्गन्धित भएको कारणले आवाज उठिनैरहेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]