कटहरीमा विरामीहरुकाे सङ्ख्या क्रमश बढ्दै

Logo
संजय कुमार राजवंशी (नेपाल प्रेमी) प्रकाशित बुधबार, भाद्र १८, २०८२

स्वास्थ्य नै धन हो भनेर म, हामी र तपाईँ स्कुलमा अध्यन गरेको पक्कै हुनुपदर्छ । तर कटहरीको जनता त्यो सफा र स्वच्छ हावा, स्वास्थ्य वातावरण चाहेर पनि लिन नसक्नु जस्तो भएको छ । रोजगारको लागी उधोग भए स्वास्थ्य वातावरण कहाँ हुन्छ । स्वास्थ्य वातावरण भए रोजगार कहाँ पाउन सक्छौँ जस्तै हो । अब करोडौँ लगानी गरिएको त्यो उधोग कसरी बन्द गर्ने र कहाँ के गर्ने जस्तो छ । नेपाल सरकारले उधोग सञ्चालन गर्न दिएको दर्ता प्रमाणपत्र, अब लगानी कहाँ लाने जस्तै कटहरीको उधोगहरुको अवस्था यस्तै छन् । कटहरीमा उधोगहरु अत्याधिक मात्रामा दर्ता गरि सञ्चालनमा रहेको छ । जस्ले गर्दा रोजगार पनि सृजना भएकै हो । जनता रोजगार पाएकै हो ।

कटहरी / मोरङ्ग जिल्लाको कटहरी गाउँपालिकाको उधोगहरुले कटहरी गाउँपालिका क्षेत्र दुर्गन्धित र वातावरण अ—स्वास्थ्य बन्दै गएको कारणले धेरे मानिसहरु विरामी भएको छ । कालो धुँवा,हावामा फाेहाेर,रवरजन्य पदार्थ हावामा मिसिएर वातावरण दुसित बनाएको छ । साना, मझौला तथा ठूला गरि करिब सयौँको संख्यामा रहेको उक्त उधोग, कल—कारखानाहरु कहिँ—न—कहिँ कटहरी गाउँपालिका क्षेत्रको वातावरण स्वास्थ्यका लागी हानिकारक बन्दै गएको स्थानीय जनताहरुको स्पष्ट बुजाई रहेको छ । प्राय कटहरी स्थानीय तहमा कटहरीका सचेत नागरिक समाजले यस समस्यालाई समाधान गर्नको लागी कुनै—न—कुनै रुपमा आवाजहरु एठाइनै रहेको जनताहरुले बताएका छन् । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको विचारमा स्पष्टरुपमा उधोग बन्द गर्ने भनेका छन् ।

यहि कल-कारखाना उधाेग र फ्याक्टरीवाट निस्केको फाेहाेर धुलाे धुँवाहरुवाट स्वासप्रस्वास गर्दा दैनिकी गाउँमा विरामी क्रमश बढ्दै गएको स्थानीय वासिहरुले कार्यक्रममा उठाएकाे हाे । फ्याक्टरी उधाेग बन्द गर्ने मात्रै उपाय रहेको भनेका छन् ।

कटहरी गाउँपालिकाको केहि क्षेत्रमा अत्याधिक कल—कारखाना भएकोले वातावरण अ—स्वास्थ्य तथा मानिसका लागी त्याधिक खतरनाक वातावरण बन्दै गएको एक स्थानीय विद्मालय सञ्चालक राधे कामतले सो कार्यक्रममा बोल्दै बताए ।वातावरण दुसित र हानिकारक भयो भन्दै स्थानीय राधे कामत र कमलेश कामतले संयूक्तरुपमा केही दिन अगार्डि गाउँपालिकामा उजुरी दर्ता दिएपछि आज विहान ११ बजे सार्वजनिक सुनुवाई र्काक्रम बोलाइएको हो । उक्त कार्यक्रममा दायर साट करमेश आयल उत्पादन गर्ने उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीय समाजसेवी, जनप्रतिनिधि र स्थानीय जनताको सामु गरीएको हो ।

ग्लोवल बायो इनर्जी प्राइभेट लिमिटेड कटहरी वडा नम्बर — ४ स्थीत सार्वजनिक सुनुवाई कार्यक्रममा उधोगका मालिक विनित सिंघानिया, समाजसेवी तथा स्थानीय जनप्रतिधि र जनताको विच सामु कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा दशैँ भन्दा अगार्डि अथवा नभए दशैँ पछाडिसम्म सो क्षेत्र वातावरण सुध र सफा रहनेगरी उधोग व्यवस्थापन गर्ने भनेका छन् । उधोगका मालिक विनित सिंघानियाले सो कार्यक्रममा बोल्दै दशैँ भन्दा अगार्डि नै सक्दो फोहोर वातावरणलाई सफा र स्वच्छ वातावरण हुनेगरि उधोगको व्यवस्थापन अनिवार्य गर्ने भनेका छन् ।

वन, पर्यटन तथा वातावरण मन्त्रालयका तर्फवाट विज्ञ्य प्रवेश नेपालको उपस्थितिमा भएको उक्त कार्यक्रमको राय सल्लाहा र सुझावहरु संकलन गरि मन्त्रालय पठाउने र भए भने निरिक्षण समेत मन्त्रालयवाट पठाउने विज्ञ्य नेपालले बताए ।

कार्यक्रममा वाडा नम्बर—४ का वाडा अध्यक्ष जिव्नेश्वर यादवका अनुसार कटहरी जनताले न्यायी पाउनुपर्छ कटहरी जनता स्वास्थ्य रहनुपर्छ । मेरो लागी जनता भन्दा ठुलो केहि होइन भन्दै उधोगीसंग कल—कारखाना व्यवस्थापन गर्न अनुरोध समेत गरेका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा राय र सुझावहरु यस प्रकार रहेका छन् । पढ्नुस् । माइन्यूटको फोटोहरु ।अर्को समाचार

त्यस्तै केहि हप्ता अगार्डि एक समुहले सामुहिकरुपमा निवेदन दर्ता गराएका थिए । कटहरी गाउँपालिका वडा नम्बर ४ स्थीतनै रहेको ग्रीन टायर कम्पनी लिमिटेडवाट निसकेको कालो प्रकृतिको धुलो, धुवाँ र रवरजन्य पर्दाथ स्थानीयको स्वास्थ्यमा गम्भीर समस्या क्रमश जनतामाझ देखिएकाले कटहरी गाउँपालिका न्यायीक समितिमा एक सय नौ जना स्थानिय हस्ताक्षर गरि सामुहिकरुपमा पालिकामा निवेदन दर्ता गराएका थिए । गाउँपालिकाले यहि भाद्र महिनाको १९ गते छलफलमा बोलाएको एक स्रोतले बताए ।उक्त निवेदनमा वातावरण प्रदुषण हटाई मानव जिवन र कृषिको रक्षा गरि पाउँ भनि कटहरी गाउँपालिकाको न्यायिक समितिलाई निवेदन दर्ता गराएका थिए । वातावरणको जैविक सुरक्षा पालिकाको वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६, मा समेत उल्लेख भए वमोजिम व्यवस्था न्यायीका लागी पेश गरिएको एक सदस्य सान्ता नेपालले बताएका थिए । त्यस बेला ग्रामीण पत्रिका डटकमले उक्त कम्पनीसंग यस विषयमा सोदपुछ गर्न खोज्दा सम्बन्धित व्यक्ति अथवा सम्बन्धित संस्था सम्पर्कमा नआउन सकेको हो ।

उक्त निवेदनमा, कटहरि गाउँपालिका वाडा नम्बर — १ को उत्तरमा झंग्राहि पुर्वमा वाडा नम्बर—४ को खयरवना, चम्म्राहि टोल पश्चिममा शाखा नहर र दक्षिणमा कटहरि चोक उत्तरमा रहेका श्रृजना टोल (पहाडे टोल), झंग्राहि, ब्रम्हथान, जिरात टोल क्षेत्रमा वर्षों देखि स्थायि रूपमा बसोबास गरि कृषि पेशामा आवद्ध रहि आ–आफ्नो पेशा व्यवसाय गरि आएका छौं । यसै क्रममा बिगत समय देखि यसै क्षेत्रको ब्रम्हथान देखि करिव १५० मिटर उत्तर पुर्व वडा नं. १ र ४ को सिमाना को खोल्सि संगै वडा नं. ४ तर्फ ग्रिन टायर लिमिटेड नामक कम्पनि स्थापित छ । उक्त कम्पनि सञ्चालन प्रशोधनका क्रमममा उत्पन्न हुने र साँझ देखि राति ११, १२ वजेसम्म खुला रूपमा आगो लगाउनाले कम्पनिबाट निस्कने कडा प्रकृतिको डढेको रबरजन्य धुंवाले वातावरण अत्याधिक प्रदुषित गराइ दुर्गन्धित हावाका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर हुनुका साथै बालिनालि पशु चौपाया घांस वोटविरुवा लगायतमा समेत उक्त धुवांका कणहरू टांसिनाले दुषित आहारा प्रयोग गर्न अभिशप्त छौं जसले प्राकृतिक जैविक विविधतामा समेत गम्भिर असर भैरहेको हामि स्थानियको ठहर छ ।

जसका कारण मानव स्वास्थ्यमा श्वाश प्रश्वाश, आँखा नाक पोल्ने छाला चिलाउने जस्ता समस्याहरू भैरहेको छ भने वालिनालि र पशुपंक्षि वाट उचित रूपमा उत्पादन नहुने जस्ता समस्या भोग्नु परिरहेको छ अत ः सम्वन्धित कम्पनिवाट उत्सर्जन हुने धुवाँ, धुलो र दुर्गन्ध सहितको वातावरण प्रदुषणलाइ रोकि स्वच्छ वातावरण निर्माण गरि नागरिकको स्वस्थ बातावरण उपभोग गरि बाँच्न पाउने अधिकार र वातावरणको जैविक सुरक्षा जुन यस पालिकाको वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६, मा समेत उल्लेख भए वमोजिम व्यवस्था गरि दिनुहुन सादर निवेदन गर्दछौं । भनि स्थानीय सचेत नागरिक समाजले सामुहिक रुपमा स्थानीय तहमा निवेदन दर्ता गराएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]