

कटहरी / मोरङ्ग जिल्लाको कटहरी गाउँपालिकामा अत्याधिक उधोग, कलकारखानाहरु नेपाल सरकारले दर्ता दिई सञ्चालनमा रहेकोले कटहरी गाउँपालिकाका जनता विरामी भएको खुलासा एक कार्यक्रममा भएको छ । कटहरी गाउँपालिका वाडा नम्बर —४ का ४० वर्षिया निलम देवी राय मुटु सुनिएको छ भन्दै उनको पती विस्व कुमार रायले बताएका छन् । कालो धुवाँ, रबरजन्य पदार्थको कालो मुसलो जलेर हावामा मिसि स्वास्प्रस्वास फेर्दा सो रोग लागेको खुल्न आएको छ । स्थानीय बिस्व कुमार राय आफनो पत्नी विरामी भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भई सो दुःख व्यक्त गरेका थिए ।राधे कामत र कमलेश कामतले स्थानीय तह कटहरी कार्यालयमा निवेदन दर्ता गराएपछि उक्त उधोगीले सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०८२ भाद्र १७ गते विहान ११ बजे बोलाएको थियो । उक्त कार्यक्रममा मुटुमा रोग यहि उधोग, कलकारखानाहरुको फोहोरको हावा स्वाँसप्रस्वास लिएर भएको भन्दै दःख सुनाएका हुन । रायका दुई छोरी र एक छोरा छ ।
उक्त कार्यक्रममा स्थानीयले यस उधोग, कलकारखान बन्द नै हुनुपर्छ भन्दै आफना समस्याहरु समेत जानकारी गराएका छन् । प्राय सबै घरमा विरामी भइनैरहेको उक्त कार्यक्रममा उपस्थित प्राय सबैको गुनासो रहेको छ ।
कटहरी गाउँपालिका क्षेत्र दुर्गन्धित र वातावरण अ—स्वास्थ्य बन्दै गएको खकारणले धेरे मानिसहरु विरामी भएको छ । साना, मझौला तथा ठूला गरि करिब धेरैको संख्यामा रहेको उक्त उधोग, कल—कारखानाहरु कहिँ—न—कहिँ कटहरी गाउँपालिका क्षेत्रको वातावरण स्वास्थ्यका लागी हानिकारक बन्दै गएको स्थानीय जनताहरुको स्पष्ट बुजाई रहेको छ ।
प्राय कटहरी स्थानीय तहमा कटहरीका सचेत नागरिक समाजले यस समस्यालाई समाधान गर्नको लागी कुनै—न—कुनै रुपमा आवाजहरु एठाइनै रहेको जनताहरुले बताएका छन् । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको विचारमा स्पष्टरुपमा उधोग बन्द गर्ने भनेका छन् । कटहरी गाउँपालिकाको केहि क्षेत्रमा अत्याधिक कल—कारखाना भएकोले वातावरण अ—स्वास्थ्य तथा मानिसका लागी त्याधिक खतरनाक वातावरण बन्दै गएको एक स्थानीय विद्मालय सञ्चालक राधे कामतले सो कार्यक्रममा बोल्दै बताए ।
वातावरण दुसित र हानिकारक भयो भन्दै स्थानीय राधे कामत र कमलेश कामतले संयूक्तरुपमा केही दिन अगार्डि गाउँपालिकामा उजुरी दर्ता दिएपछि आज विहान ११ बजे सार्वजनिक सुनुवाई र्काक्रम बोलाइएको हो । उक्त कार्यक्रममा दायर साट करमेश आयल उत्पादन गर्ने उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीय समाजसेवी, जनप्रतिनिधि र स्थानीय जनताको सामु गरीएको हो ।
ग्लोवल बायो इनर्जी प्राइभेट लिमिटेड कटहरी वडा नम्बर — ४ स्थीत सार्वजनिक सुनुवाई कार्यक्रममा उधोगका मालिक विनित सिंघानिया, समाजसेवी तथा स्थानीय जनप्रतिधि र जनताको विच सामु कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा दशैँ भन्दा अगार्डि अथवा नभए दशैँ पछाडिसम्म सो क्षेत्र वातावरण सुध र सफा रहनेगरी उधोग व्यवस्थापन गर्ने भनेका छन् । उधोगका मालिक विनित सिंघानियाले सो कार्यक्रममा बोल्दै दशैँ भन्दा अगार्डि नै सक्दो फोहोर वातावरणलाई सफा र स्वच्छ वातावरण हुनेगरि उधोगको व्यवस्थापन अनिवार्य गर्ने भनेका छन् ।
वन, पर्यटन तथा वातावरण मन्त्रालयका तर्फवाट विज्ञ्य प्रवेश नेपालको उपस्थितिमा भएको उक्त कार्यक्रमको राय सल्लाहा र सुझावहरु संकलन गरि मन्त्रालय पठाउने र भए भने निरिक्षण समेत मन्त्रालयवाट पठाउने विज्ञ्य नेपालले बताए ।
कार्यक्रममा वाडा नम्बर—४ का वाडा अध्यक्ष जिव्नेश्वर यादवका अनुसार कटहरी जनताले न्यायी पाउनुपर्छ कटहरी जनता स्वास्थ्य रहनुपर्छ । मेरो लागी जनता भन्दा ठुलो केहि होइन भन्दै उधोगीसंग कल—कारखाना व्यवस्थापन गर्न अनुरोध समेत गरेका छन् ।