सूर्य किरण एकेडेमीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित आइतबार, भाद्र २२, २०८२

सुनसरी / इनरुवाको बलाहमा रहेको सूर्य किरण एकेडेमीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले
गीत सङ्गीत लगायतको मनोरन्जन मूलक कार्यक्रमको आयोजना गरि नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
विद्यालयका प्रिन्सिपल मनोज कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकका पूर्व नगर प्रमुख खेमराज पोखरेलले इनरुवालाई शैक्षिक हब बनाउनुपर्छ भनेर आफूले पहिलादेखि नै पहल गर्दै आइरहेको बताए । उनले यसका लागि प्याब्सन सहित निजी विद्यालय संचालक, सामुदायिक विद्यालय, स्थानीय सरकार सबैले उपयुक्त पहलकदमी लिनुपर्नेमा जोड दिए । उनले बाहिरी पालिकाहरुमा विद्यार्थी पढन जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै १० कक्षा सम्म इनरुवाका विद्यालय रोज्ने विद्यार्थी किन उच्च शिक्षा लिन बाहिर जान्छन् भन्ने कुरामा गम्भीर समिक्षा गर्नुपर्ने बताए । उनले इनरुवाका विद्यार्थी बाहिर जानबाट रोक्न यहिको नीजि तथा सामुदायिक विद्यालयको स्तर वृद्धि गराउँदै लैजानुपर्नेमा जोड दिए ।त्यसैगरी उनले सूर्य किरण एकेडेमीमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुले उपयुक्त विद्यालय छनौट गरेको बताउँदै विद्यालयले यसअघिका परीक्षाहरुमा राम्रो नतिजा ल्याएर आफ्नो गुणस्तरियता प्रमाणीत गरिसकेको बताए ।

यसैगरी सोही कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मनोज कुमार यादवले सूर्य किरण एकेडेमीले गुणस्तरीय शिक्षा मात्रै हैन एक असल नागरिक समेत उत्पादन गर्दै आइरहेको बताए । उनले विद्यालयका भवन, भौतिक संरचनाभन्दा पनि अभिभावकहरुले त्यहाँ गुणस्तरीय शिक्षा दिइन्छ कि दिइदैन भन्ने हेर्नुपर्नेमा जोड दिए ।

विद्यालयमा गुणस्तरीय पढाइका साथै कोट र सुट लगाएरमात्र विद्यार्थी नहुने र त्यसका लागि सकारात्मक सोच, क्षमता, अनुशासन लगाएतका विशेषता हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा ईनरुवा ५ नम्बर वडाका वडा अध्यक्ष अनिल पोखरेल, इनरुवा प्याब्सनका अध्यक्ष रमेश गुरागाई ,समाजसेवी एसन महेता शिक्षक/शिक्षिका ,बिधार्थिभाईबहिनि स्टाफ अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे भने सोही विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आकर्षक नृत्य, गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]