भुल्कीबाली चेङ्ग्री म्यूजिक भिडियो तयारी अवस्था

Logo
संजय कुमार राजवंशी प्रकाशित सोमबार, भाद्र ३०, २०८२

कटहरी / “भुल्कीबाली चेङ्ग्री” म्यूजिक भिडियो त्यारी अवस्थामा छ । यहिँ आउँदो महिनाको दशैँको सायत मिलाई फुलपातिको दिन पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने कार्र्यक्रम समेत रहेको छ । उक्त म्यूजिक भिडियो सुटिङ्ग भई मिक्सीङ्गको काम करिब—करिब सकिनै लागेको एल्वमका प्रोड्यूसर तथा कलाकार दिनेश राजवंशीले बताएका छन् । उक्त म्यूजिक भिडियोमा मुख्य कलाकार दिनेश राजवंश र सुस्मीता पाण्डे रहेको छ भने अन्य कलाकारको पनि बेजोड प्रस्तुति रहेको छ ।

झापा, मोरङ्ग र सुनसरी जिल्लामा राजवंशी जातिको बहुदलीयता अत्यधिक छ । त्यसैले राजवंशी समुदायको राजवंशी भाषागत गितहरु पनि थुप्रै छन् । कोच भाषागत गीत र म्यूजिक भिडियोहरु राजवंशी समाजले अत्याधिक माया र समान गर्दछन् । त्यसैगरी पुन राजवंशी भाषामा अर्को सुपरहिट म्यूजिक भिडियो “भुल्कीबाली चेङ्ग्री” नामक एल्वम तयारी छ । राजवंशी अरु म्यूजीक भिडीयो भन्दा यो अत्याधिक मन पराउने एल्वमका प्रोड्यूसर तथा कलाकार दिनेश राजवंशीको दाबि छ ।

“भुल्कीबाली चेङ्ग्री” नामक म्यूजिक गाना रेकर्डिङ्ग विराटनगरको विट स्टुडियोमा भएको छ । उक्त गीतमा स्वर चर्चित गायक राम राजवंशी र गयीका रिता राजवंशीको सु—मधुर आवाज प्रोड्यूसर तथा कलाकार दिनेश राजवंशीले बताएका छन् । यस म्यूजिक भिडियो यूट्यूव चेनल आर आर म्यूजिक प्रोडक्शनमा लन्च हुने बताएका छन् ।

भुल्की बाली चेङ्ग्री गीतको रचनाकार स्वर्गीय रामभक्त राजवंशी र राजवंशी जातिको चर्चित रचनाकार गोपाल राजवंशी छन् ।

यस गितमा राजवंशी जातिको सम्पुर्ण सांस्कृतिक तथा परम्परागत संसकार राम्रो तरिकाले प्रस्तुत गरिएको छ । राजवंशी जातिको विषय वस्तु स्पष्टरुपमा देखाउन खाेजेकाे याे गित अत्यधिक मनमाेहक छ ।

निर्देशक कार्तिक राजवंशी, कम्पोजर बलबहादुर राजवंशी लगायत अन्य सहयोगी साथीहरु लक्ष्मी लिम्बु अमेरीका, रोहित राजवंशी कोरिया, स्यामबर राजवंशी, सत्यनारायण राजवंशी, जल्धर राजवंशी, दालवर राजवंशी, प्रभाकर राजवंशी, विप्लव राजवंशी, रन्जीत राजवंशी, विन्देश्वर राजवंशी, सुभक राजवंशी लगायत अन्य साथीहरुको सामुहिक सहयोगमा उक्त एल्वम बनेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]