स्वर्गीय संगीतकार गुरुदेव कामतको चिर शान्तिको कामना गर्दे श्रद्धान्जली अपर्ण

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित सोमबार, साउन २१, २०८१

विराटनगर / शास्त्रीय संगीतका उत्कृष्ट गुरु र संगीत साधक गुरुदेव कामतको दुःखद निधन भएकाले नेपाल सोनार फाउण्डसन र नेपाल भरत सामाजिक संस्कृतिक मँचले चिर शान्तिको कामना गर्दे श्रद्धान्जली अपर्ण गरेको छ ।

विराटनगर वडा न. १२ स्थित कामत चौकमा आईतबार बेलुकी मैनबती प्रज्वलन गरि चिर शान्तिको कामना गरिएको हो । देशको ख्याती प्राप्त तथा उत्कृष्ट गायकको दुःखद् निधन भएको कारण उनको आत्माले शान्ति पाओस् भन्दै नेपाल भारत सामाजिक संस्कृतिक मँच र विराटनगर १२ का बासी सबै मिलेर समारोहमा सहभागी भई श्रद्धन्जली अर्पण गरेको नेपाल सोनार फउण्डेशनका अध्यक्ष महेश कुमार स्वर्णकारले जानकारी दिए ।देश बिदेशमा समेत चिनिएका ख्याति प्राप्त गरुदेव कामतको नाम सधैभरि नेपालमा गुन्जी रहोस् भन्दै सरकार सँग माग समेत गरे । पचास् वर्ष भन्दा बढी मैथिली तथा अन्य भषिक क्षेत्रमा ठुलो योगदान पुर्याएका कामतको बिमारी अवस्थामा सेव गर्ने मौका नपाएकोले नेपाल भारत समाजिक संस्कृतिक मँचका अध्यक्ष राजेश शर्माले दुःख प्रकट गरे ।

मैथिली, भोजपुरी जस्ता विभिन्न भाषामा गित गाएर अमर कायम गरेका कामतको दुख्द निधन भएकोले आज श्रद्धन्जली अर्पण गरेको उनले बताए ।
कामतको निधनले सम्पुर्ण संगीत प्रेमीहरुलाई गहिरो दुःख पुर्याएको छ । गुरुदेव कामतको अद्घितीय व्यक्तित्व , संगितमा समर्पण र सरल जीवनशैली संगीतलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन योगदान पुर्याएकाे थियो

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]