

विराटनगर / आउँदो सोमवार बेलुकी ४ः४५ बजे “भुल्कीबाली चेङ्ग्री गे तुई” नामक म्यूजीक भिडियो सार्वजनिक गर्ने भएको छ । राजवंशी समाजको राजवंशी भाषामा एकदमै सु—मधुर आवाजमा उक्त म्यूजीक भिडियो सम्पादन गर्न सफल भएको छ । राजवंशी जातिको भरपुर्ण संस्कार र रितिरिवाजलाई महत्पूर्ण अर्गानिक संस्कारमा छायांकन गरिएको उक्त म्यूजीक भिडियो अहिलेनै फेसवुक सामाजिक सञ्जाल र टिकटकमा भाइरल हुदै गएको छ । यस म्यूजिक भिडियो अरु मेरो भिडियो भन्दा राम्रो भाइरल हुने कलाकार तथा प्रोड्यूसर दिनेश कुमार राजवंशीले ग्रामीण पत्रिका डटकमकाे कार्यालयमा पत्रकार सम्मेलन मार्फत दावी गरे ।
नेपालीहरुको महान चाँड वडा दशैँ, तिहार र छठ पर्वको पावन अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै यस म्यूजीक क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको र राजवंशी समाजको राजवंशी भाषागत गीतहरु अहिलेसम्म यस म्यूजीक भिडियो लगायत ७ ओटा म्यूजीक भिडियोमा काम गरिसकेको पत्रकार सम्मेलन जानकारी गराए ।
यस म्यूजीक भिडियोका निर्देशक कार्तिक राजवंशी, रचनाकार स्वर्गीय रामभक्त राजवंशी र गोपाल राजवंशी, म्यूजीक र कम्पोजर राष्ट्रिय गायक बलबहादुर राजवंशी छन् ।
राजवंशी संस्कृतिमा आधारीत यस म्यूजीक भिडियोले राजवंशी संस्कार, संस्कृति तथा परम्परागत रितिरिवाजमा निमार्ण गरिएको मनमोहक म्यूजीक भिडियो बनेको छ । यसमा राजवंशी जातिको सम्पूर्ण पोषाकहरु छायाँकन गरिएको छ । जस्तै ढोल, बेलगाडि, खर—खरी, टाक्री, पान्जी, ढेरा, छाम गाहिन, जालछिटि, धोती—पगरी, बेहुलाले समातने तरवाल, ईनार, कोइनाको पोषाग ( बेहुलीको पोषाग ) जस्ता संस्कृति जोगेर्ना गर्ने एक म्यूजिक भिडियो भन सकिन्छन् ।
यस म्यूजीक भिडियोमा मोरङ्गको बेलवारी नगरपालिकाको डाङ्गीहाट, बाहुनी लगायत विभिन्न स्थानमा छायाँकन गरिएको छ । ठाकुर ब्रह्माणीको मन्दीर, ढेङ्ग्र ढेङ्ग्रीको घुरणलाल राजवंशीको घरमा, श्री धिरनाथ सम्फुल उच्च माविको प्राङ्गगण, स्वर्गीय मटरलाल राजवंशीको बंडोल गाउँ, गढि गाउँ र पुरानो गाउँ बिच्को बाटोमा उक्त गानाको सुटिङ्ग गरिएको छ ।
यस म्यूजिक भिडियोमा मुख्य कलाकार दिनेश कुमार राजवंशी र सुस्मीता पाण्डे तथा अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ । राजवंशी जातिको चर्चित गायक राम राजवंशी र गयीका रिता राजवंशीको संयूक्त सु—मधूर आवाजमा गाइएको गाना रहेको छ । जस्मा कलाकारहरु सुभक राजवंशी, चाकात राजवंशी, ममता राजवंशी, रुपा राजवंशी तथा स्थानीय दिदि बहिनीहरुको संयूक्त प्रयासमा बनेका छ ।