कटहरी / मोरङ्गको कटहरी गाउँपालिकाको उधोग र कलकारखानाहरुले पालिकाको जनता रोगी बन्दै गएको छ । पालिका क्षेत्र दुर्गन्धित र वातावरण अ—स्वास्थ्य भएकोले जनता रोगी हुदैछ । लामो समय अगाडि उधोग तथा कलकारखानाहरु धमाधम जतात्तै दर्ता दिई सञ्चालनमा आएका उधोग र कलकारखानाहरु अहिले वातावरण सखाप बनाउदै जादा रोगी बढ्दै गएको स्थानीयहरुले एक कार्यक्रममा बताएका छन् । स्थानीयहरुले वातावरण सम्बन्धि समय समयमा आवाज उठाउँदै आएका छन् । तर समाधानको बाटो कहिल्यै भएन भन्ने उनिहरुको भनाई रहेको छ । कारखाना विरुद्ध पालिका स्तरिय उजुरी समेत दिएका थिए ।
कटहरी गाउँपालिका वडा नम्वर —१ देखी ७ ओटै वडामा जम्मा १ सय १३ ओटा साना र मझौला उधोगहरु सञ्चालनमा छन् । कटहरी गाउँपालिका क्षेत्रभित्र फरक—फरक प्रकृतिका उधोगहरु सञ्चालनमा छन् । करिब १ सय १३ ओटा कलकाखानाहरु स्थापना भएका मध्य बढि वातावरणमा प्रदुषण ईटा उधोग, ग्रीण टायर र प्लास्टिक उधोगले गर्दछन् । अम्बे इटा, गनेश ईटा उधोग, अंकित ईटा उधोग, आरति ईटा टायल उधोग, श्री राजाश्याम ईटा उधोग, उत्सब ईटा उधोग जय हनुमान लघु ईटा उधोग लगायतका ईटा उधोगहरु सञ्चालन भइरहेको कटहरी गाउँपालिकाले सूचना उपल्बध गराएका छन् ।
जहाँ रोजगारी त्यहाँ अस्वास्थ्य वातावरण, जहाँ वातावरण स्वास्थ्य त्यहाँ बेरोजगार जनता हुन्छन् । रोजगार भनेको उधोग निति र उधोग भएपछि मात्रै हुन्छन् । सरकारले पनि उधोग निती सहि र जनतालाई दुःख नहुने निति बनाउन जरुरी छन् । राज्श्व संकलन तथा देशको अर्थ बलियो बनाउने चकरमा देशको जनतालाई रोगी र अस्वास्थ्य बनाउने अधिकार सरकारलाई छैन । सरकारले जनतालाई रोगी होइन स्वास्थ्य दिने हुनुपर्छ । सरकारको नितिले जनता खुसी हुनुपर्छ । तर यहाँ त्यस्को उल्टो व्यवहार देखिएको छ । करोडौँ लगानी गरिएको उधोग अब कसरी बन्द गर्ने र कसरी सुधार गर्ने कुरामा अन्योलता छन् ।
त्यस्तै गरी अन्य उधोग र प्लास्टिक उधोगहरुमा शिवाय प्लास्टिक, गोल्डेन लेदर ईन्डस्ट्रिज, श्री क्वालीटि केम प्राली, श्री राम रिफाइन आयल प्रोडक्टस प्राली, बागमति फर्टिलाइजर एण्ड केमीकल्स, गुड राईट लुब्रिकेन्ट लि, बाबा जुटमिल्स प्राली, ग्लोबल वायो इनर्जी, ग्रीण टायर, सप्तकोशी सिमेन्ट, सुजिता पेन्टस, गणपति प्लास्टिक उधोग, पुर्वाञ्चल प्लास्टिक, किसान प्लास्टिक सुर्य प्लास्टिक लगायत अन्य धेरै फरक प्रकृतिका कलकारखानाहरु प्रस्सत छन् ।
“उधोग र कलकारखाना जहाँ अत्याधिक छन् त्यहाँ फोहोर र वातावरण प्रदुषण हुन्छनै त हुदैन तर कानुन र मापदण्ड विपरित कारखाना सञ्चालन गर्दा उधोगवाट निस्केको फोहोर तथा अन्य स—साना धुलो, धुवाँले गर्दा स्वास्प्रस्वास गर्दा रोगी बन सकिन्छ” भने कुरा पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका वातावरण निरिक्षक कृस बस्नेतले फोन सम्पर्कमा बताए । कृस बस्नेत कुरा गर्दै “इटा उधोगवाट निस्केको फोहोर तथा स—साना ईटाको कणहरु हावामा मिसि आँखामा छिर्दा आँखा रोगी बनाउन” सकिने बताए ।
कटहरी वडा नम्वर —४ मा अवस्थित ग्रीण टायरको धुवाँ धुलो, फोहोरका कण्डहरु हावामा मिसि फोहोर स्वास्प्रस्वास लिन गाह््रो हुने । शारिरिक स्वास्थ्यमा समस्या जस्ताका कारणले कटहरी क्षेत्र उधोग कलकारखाना क्षेत्रभर अ—स्वास्थ्य वातावरण जहिल्यै रहिरहने विषय वस्तु हुन् । धेरे मानिसहरु विरामी भएको छ । कालो धुँवा,हावामा फोहोर,रवरजन्य पदार्थ हावामा मिसिएर वातावरण दुसित बनाएको छ । साना, मझौला तथा ठूला गरि करिब सय भन्दा माथी संख्यामा रहेको उक्त उधोग, कल—कारखानाहरु कटहरी गाउँपालिका क्षेत्रको वातावरण स्वास्थ्यका लागी हानिकारक बन्दै गएको स्थानीय जनताहरुको स्पष्ट बुजाई रहेको छ । प्राय कटहरी स्थानीय तहमा कटहरीका सचेत नागरिक समाजले यस समस्यालाई समाधान गर्नको लागी कुनै—न—कुनै रुपमा आवाजहरु एठाइनै रहेको जनताहरुले बताएका छन् ।
यहि कल–कारखाना उधोगवाट निस्केको फोहोर धुलो धुँवाहरुवाट स्वासप्रस्वास गर्दा दैनिकी गाउँमा विरामी क्रमश बढ्दै गएको स्थानीय वासिहरुले एक सार्वजनिक कार्यक्रममा उठाइएको थियो । त्यस्ता उधोगहरु बन्द गर्ने मात्रै उपाय रहेको स्थानीयहरुको स्पष्ट बुझाई छन् ।
कटहरी गाउँपालिकाको क्षेत्रमा अत्याधिक कल—कारखाना भएकोले वातावरण अ—स्वास्थ्य तथा मानिसका लागी त्याधिक खतरनाक वातावरण बन्दै गएको एक स्थानीय विद्मालय सञ्चालक राधे कामतले पहिला सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै बताएका थिए । वातावरण दुसित र हानिकारक भयो भन्दै स्थानीय राधे कामत र कमलेश कामतले संयूक्तरुपमा केही महिना अगार्डि गाउँपालिकामा उजुरी दर्ता गराएपछि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएका थिए ।
