

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ढिट र हकि स्वभावको एक अडियल नेता हो । र जेनजी पुष्ताको आन्दोलनमा ७६ जनालाई मारिदिए भनेर नयाँ पुष्ता अहिले देशभर केपी ओलीको विरुद्धमा आवाज उठाईनै रहेको अहिले देखिन्छन् । जस्ले गलत विषय वस्तुलाई पनि ऊ आफनै महत्व राखि व्याख्या गरिरहने व्यत्तिको रुपमा प्रसिद्द छन् । गलत भाष्यलाई सत्य देखाउने गरि बोलीदिने र भाष्य निर्माण गरिदिने नेताको रुपमा चिरपरिचित छन् । फेसवुक, टिकटक र अन्य सामाजिक सञ्जाल प्रयोग कर्ताले देशमा धेरै भ्रष्टाचार गरेको सामाजिक सञ्जालमा देखिन्छन् । केपी ओलीलाई जनताले चाहेजति गाली ग्लोज गरेको देख्न सकिन्छन् । दुई पटक किड्नी फेल, कुपुत्रो जस्ता आरोपहरु सामाजिक सञ्जालमा स्पष्ट भाइरल बनिरहेको छ ।
विराटनगरको विराट नर्सिङ्ग हस्पिटल छेउको चौतारीमा एक कार्यक्रममा आएर प्रेम आचार्य आत्मदहा गरेको विषयलाई लिएर पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गलत भाष्य बोलेका थिए । ओली बोल्दै “अलिकति दुःख भयो भन्दै शरिरमा आँगो लगाउने हो त” भनेर मन्त्व दिएका थिए । जबकी त्यो समयमा प्रेम आचार्यलाई व्यवसाय गर्नको लागी लिएको ऋण देशको आर्थिक अवस्था खराब भइरहदा उनी ऋण तिर्न नसक्दा उनि आत्मदहा गरेका थिए । ऋणको भार सहन नसकेर अन्तमा आत्मदहा गर्नुपरेको थियो । उक्त समयमा प्रधानमन्त्रीले जनताको दुःखलाई साधारण सोचेको जस्तो गरीयो । नेपाली जनता नेपालको परिवारको सदस्य हो भने प्रधानमन्त्री देशको गार्जन हो । जस्ले जनताको दुःखमा सहानुभुति र माया देखाउनुपर्ने समयमा जनतालाई बेवास्ता र प्रेम आर्चायको मृत्यूलाई साधारण मानेका थिए ।
प्रधानमन्त्रीले जनताको दुःखमा साथ सहयोग र आस्वासन दिने बेला जनताको दुःखमा उखान र टुक्का गरि कार्यक्रमा भाषण ठोकी विराटनगरवाट गएका थिए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बारे जनताको धारणा मिश्रित भएपनि अहिले उनको बोली र भाषण उनको झोलेले मात्रै राम्रो भनिएको अवस्था छ । उनिप्रति समर्थन गर्नेहरू छन्, आलोचना गर्नेहरू पनि छरपष्ट यत्रतत्रै छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा एक प्रमुख तथा प्रभावशाली नेता मानिएको समाजमा देखिन्छन् । उनको कार्यशैली, बोलीचाली, तथा निर्णयहरू जनतामाझ व्यापक चर्चा र बहसको विषय बनीरहेको भएपनि जेनजीको आन्दोलन पछि उनको देशभरबाट विरोद भइरहेको स्पष्ट देखिन्छन् । तर अर्को तर्फ उनको बोली कार्यशैली धेरै जनता माझ अहिले गुनासो पात्र बनेका छन् ।
सकारात्मक धारणा ः
धेरै नागरिकहरूका अनुसार केपी ओली दृढ निर्णय क्षमता भएका नेता हुन् भने भाष्य निर्माण भइरहेको देखिन्छन् । राष्ट्रिय स्वाभिमानको विषयमा उनको अडानलाई अधिकाँशले सराहना गरेका छन् । विशेषगरी भारतसँगको नक्सा विवादमा नयाँ नक्सा जारी गर्ने निर्णयलाई साहसी कदम भनेर धेरै नेपालीले त्यो समयमा स्वागत गरेका थिए ।
नकारात्मक धारणा ः
तर जनताको सोच, विचार र दृष्टिकोण अर्कोतर्फ हेर्दा, ओलीमाथि आलोचना र आरोप चैँ कम छैन । उनको सरकारलाई शक्ति केन्द्रित गर्ने, संवादमा कमी राख्ने, र आलोचनालाई असहिष्णुता देखाउने आरोप लागेका छन् । कोभिड–१९ महामारी व्यवस्थापनमा देखिएको कमजोरी, स्वास्थ्य सामग्री खरिदमा अनियमितता, र संसद विघटनजस्ता कामहरूले उनीप्रति आलोचना बढेको बढै छन् ।
उनको बोली प्राय व्यंग्यात्मक, तिखो र बेलाबेला विवादास्पद हुने गरेकाले पनि कतिपयले उनलाई अहंकारी नेता र उखाने नेता भनीन्छ ।
निष्कर्षः
केपी शर्मा ओली कस्तो मान्छे हुन् भन्ने प्रश्नमा जनताको विचार फरक–फरक छन् र भएपनि ओली खासै राम्रो मान्छे हुन भन चैँ पक्कै सकिन् किनभने यदि देशमा सहि काम र राम्रो नेतृत्व भएकोभए देशको अवस्था आजको जस्तो हुदैन थियो होला । कसैले लोकतान्त्रिक मूल्य र सहकार्यको अभाव भएको नेता भन्छन्। यथार्थमा, उनको एक प्रभावशाली, तर विवादास्पद नेताको रूपमा इतिहासमा रहने सम्भावना अब जेनजी पुष्ताको आन्दोलनले स्पष्ट पारिदिएको छ ।