

यस देशमा राम्रो काम गरियो कि मुदा लगाइदिन्छन् । राम्रो सत्य बोलो कि नेगेटिभ कमेन्ट र आलोचना दिहाल्ने हाम्रो समाजको केहि तत्वको बानी र विस्वास छन् । म यस विषयमा विचार लेखि राख्दा तपाईँहरु सबैलाई नराम्रो भन चाहेको पनि होइन समाजमा राम्रो काम गर्ने र राम्रो मान्छे पनि छन् । तर सुध र सफा र सच्चा जिउँदो मान्छेमा देखाउटी पन हुदैनन् । जस्तै महावीर पुनले नाच गरि—गरि यूवाहरुलाई राष्ट्रिय आविष्कार केन्द्र बुद्धि भएका यूवाहरु आउनुहोेस् भने भिडियोमा समाजीक सञ्जालमा नकारात्मक कमेन्ट र सुझावहरु हेर्दा यो विचार लेख्न बाध्य भए ।
महावीर पुन एक सच्च देशभक्त हुन । न—उनिमा देखाउटी छन् । न—उनि घुमाएर जवाफ दिन्छन् । जे सत्य छन् त्यहिँ मुखमै बोलीदिने व्यक्ति हुन् । सिधा प्रश्नको सिधा जवाफ जे छ त्यहि नै बोल्ने व्यक्ति हुन महावीर पुन । हालअहिले शिक्षा, विज्ञान र प्रविधि मन्त्री भएको समयसम्म उनको अर्गानिक बोली नै उस्को चर्चाको विषय बनेको छ ।
उनि मन्त्रालयमा नै बसि खाना पकाउने र खाने कुराले मिडियामा भाइरल बनिरहेको अवस्था अहिले पनि छन् । तर उनि नकारात्मक दृष्टिकोणले भनेका होइनन् नै किनभने उनको बोली चालीमै सत्यता देखिएको छ । बोलीमै सच्चापन देखिएको व्यक्ति हुन् । अनुहार र बोलीमै इमान्दारिता देखिन्छन् । बोली नै स्वच्छ र सफा देखिएको अहिलेसम्म र पछिला भिडियोमा पनि स्पष्ट देखिन्छन् । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरे देखि आविष्कार केन्द्र सञ्चालन गर्दै आए र पछि मन्त्री बने समय अगाडि संस्थावाट राजिनामा दिए पनि । उनि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका निमित्त आफनो गोल्ड मेडल लाई सुध विक्रिवितरण गरि आविष्कार केन्द्र सञ्चालन गरिएको व्यक्ति अरु कोहि होइनन् त्यो महावीर पुन मात्रै हुन् ।
महावीर पुन हाम्रो देशको गहना हुन् । महावीर पुन देशको सच्चा देशभक्त र ईमान्दार व्यक्ति हुन् । असल र उच्च सफा सोच भएका व्यक्ति महावीर पुन हुन् । नाम जस्तै सफा र सुध व्यक्तिको रुपमा चिनिएका महावीर अहिलेको नेपाल सरकारको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुन् । उहाँ नेपालको अत्यन्त सम्मानित, दूरदर्शी र समाजसेवी व्यक्तिका रुपमा चिनिनुहुन्छ । एक आविष्कार वा वैज्ञानिक मात्र होइनन्, बरु देश र जनताको सेवामा समर्पित असल नागरिक पनि हुन् । उनले आफ्नो व्यक्तिगत लाभभन्दा बढी राष्ट्रको हितका लागि काम गरेका व्यक्ति हुन् ।
महावीर पुन पश्चिम नेपालको म्याग्दी जिल्लामा जन्मिएका हुन् । उनले अमेरिकामा पढाइ सकेर, अमेरीकामै सजिलो जीवन बिताउने अवसर पाएका थिए, तर उनले आफ्नो नेपालको जन्मभूमिको प्रगाठ मायाले गर्दा फर्किएर ग्रामीण विकास र प्रविधिको पहुँच विस्तार गर्न आधि जीवन अर्पण गरे ।
महावीर पुनले ग्रामीण क्षेत्रमा इन्टरनेट पु–याउने “ नेपाल वायरलेस नेटवर्क ” परियोजना सुरु गरे, जसले गर्दा दुर्गम गाउँका विद्यालय, स्वास्थ्य चौकी र समुदायलाई ईन्टरनेटले विश्वसँग जोड्ने काम गरे । अहिले उनी नेपालको अन्तरिम सरकारका शिक्षा मन्त्री हुन र पहिले “ राष्ट्रिय आविष्कार केन्द्र ” स्थापना गरी युवाहरूलाई आफ्नै देशमा अनुसन्धान र आविष्कार गर्न विभिन्न तरिकाले प्रेरित गरिरहेका थिए ।
महावीर पुन कडा मिहिनेती, आत्मनिर्भर र दूरदर्शी व्यक्ति हुन् । उनी परिवर्तनको बाटो आफ्नै हातले बनाउन विश्वास गर्दछन् । देशका नीति–निर्माताहरूको उदासीनता र प्रणालीगत समस्या भए पनि उनले कहिल्यै हार मानेका छैनन् । उनी जनतालाई निरन्तर जागरूक बनाउँदै आएका हुन । उनी “हामी आफैंले देश बनाउने हो ” भन्ने भाषा र सन्देश फैलाइरहेका छन् ।
उनी संक्षेपमा भन्नुपर्दा, महावीर पुन एउटा नेपालको सच्चा देशभक्त, निडर, र प्रेरणादायी व्यक्तित्व हुन् । उनी देशका साँच सम्पत्ति र गहना हुन्, जसले हाम्रा पुस्तालाई कर्मशील, सिर्जनशील र देशप्रेमी बन्न उत्प्रेरणा दिन्छन् ।