

विराटनगर / मोरङ्ग कारागारमा कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा औसतमा मासिक एक जना कैदीबन्दीको मृत्यु हुने गरेको तथ्यांकले देखाइएको छ । हिजो शनिबार मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर – ६ का ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको जिल्ला कारागार मोरङका जेलर गौरव ढुंगेलका बताए । पुर्पपक्षका लागी थुनामा रहेका सार्किको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगीएको थियो । लागूऔषध मुद्दामा संलग्न रहेका थिए ।
उनि २०८१ साल पुस २९ गते जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनीमाथिको मुद्दा अझै विचाराधीन अवस्थामा रहँदै उनको मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार न्यून रक्तचाप र लगातार बान्ता हुने समस्या देखिएपछि उनलाई शनिबार उपचारका लागी कोशी अस्पताल लगीएको थियो । तर, अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको १५ मिनेटपछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
जेल प्रशासनका अनुसार मृतक सार्कीको शव आफन्तले जिम्मा लिइसकेको र आफन्तले पोस्टमार्टम गर्न अस्वीकार गरेपछि शव परीक्षण नगरिकनै बुझाइएको कारागारले जनाएको छ । उर्लाबारी नगरपालिका वडा नम्बर – १ का ४३ वर्षीय मित्रकुमार दनुवार, पथरीशनिश्चरे नगरपालिका वडा नम्बर – ४ का ३८ वर्षीय जितबहादुर देवान, सतुवामाई नगरपालिका वडा नम्बर – ५ का २९ वर्षीय किसुन टुडु सतार, बेलबारी नगरपालिका वडा नम्बर – ४ का ६७ वर्षीय अम्मरबहादुर राई, ५१ वर्षीय बिर्खबहादुर लिम्बू, विराटनगर महानगरपालिका वडा नम्बर – ८ का ५५ वर्षीय महानन्द राय अमात, बेलबारी नगरपालिका वडा नम्बर – ४ का ३४ वर्षीय मनिकुमार तामाङको मृत्यु भएको थियो ।
मोरङ कारागारमा औसतमा मासिक १ जना कैदीबन्दीको मृत्यु हुने गरेको पाइएको छ । हाल जिल्ला कारागार मोरङमा करिब १ हजार २ सय कैदीबन्दी रहेका छन् ।