महेश्वरी युवा मञ्चद्वारा सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Logo
भोजराज घिमिरे प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

महेश्वरी युवा मञ्चद्वारा सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
छठ पर्वमा व्रतधारी भक्तजनका लागि रक्तचाप, सुगर जाँच र प्राथमिक उपचार सेवा
विराटनगर ।
हरेक वर्षझैं यस वर्ष पनि महेश्वरी युवा मञ्चले विराटनगरको सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
छठ पर्वका अवसरमा व्रत बसेर पूजा गर्न आउने भक्तजनहरूको ठूलो भीड हुने भएकाले प्रत्येक वर्ष यो स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको मञ्चका पदाधिकारीहरूले बताएका छन्।
मञ्चका अध्यक्ष नितेश सरडा र महासचिव पंकज सोमानीको नेतृत्वमा सम्पन्न कार्यक्रममा भक्तजनका लागि रक्तचाप र सुगर परीक्षणसँगै आवश्यक प्राथमिक उपचार सेवा प्रदान गरिएको थियो।
यस स्वास्थ्य शिविरमा बिराट नर्सिङ होमले सहयोग गरेको थियो। अस्पतालले आफ्ना चिकित्सक र एम्बुलेन्स सेवा उपलब्ध गराएर मञ्चलाई साथ दिएको मञ्चका सदस्यहरूले जानकारी दिएका छन्।
सामाजिक कार्यमा निरन्तर सक्रिय महेश्वरी युवा मञ्चले विगतका वर्षहरूझैं यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो जनसेवा कार्य गरेको हो।
आजको कार्यक्रमका संयोजकहरूमा सम्भु अतल, सहिल मुन्ध्रा, विशाल मुन्ध्रा र लोकेश डागा रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]