कार्तिक १५ गतेदेखि दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप सुरु हुने

Logo
भोजराज घिमिरे प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

कार्तिक १५ गतेदेखि दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप सुरु हुने
पथरी शनिश्चरेमा तयारी पूरा, विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार

पथरी शनिश्चरे, कार्तिक ११ गते |
मोरङको पथरी शनिश्चरेमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म “अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२” हुने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन हरियाली सामुदायिक वनको सभाहलमा मङ्गलबार पत्रकार सम्मेलन सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले पथरी शनिश्चरे नगरको खेलकुद पहिचान कायम राख्ने यो प्रतियोगिताले नगरको गौरव बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले गोल्डकप सफल बनाउन सबैको सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताए।

आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार उद्घाटन खेलमा सलहेश युवा क्लब र भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। विकका भनाइमा, काठमाडौंका ए–डिभिजन लिगमा सहभागी तीन टोलीसहित स्थानीय क्लबहरू पनि प्रतियोगितामा सहभागी हुनेछन्।

प्रतियोगिताको विजेता टोलीलाई रु. ५ लाख नगद र ट्रफी, र उपविजेतालाई रु. २ लाख ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ। साथै हरेक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरी उत्कृष्ट खेलाडीलाई विधागत पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको दोस्रो खेल इन्ट्रा पथरी–११ फुटबल क्लब र ब्रिगेड बोइज क्लब (ललितपुर) बीच हुनेछ। तेस्रो खेलमा कार्तिक १७ गते संकटा क्लब र पाँचथर फुटबल क्लब, र चौथो खेलमा १८ गते एनआरटी फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ।
पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, अखिल नेपाल फुटबल संघ (एन्फा) मोरङका सञ्जीव बुढाथोकी, क्लबका टिम कोच अर्जुन बस्नेत, सचिव केशर थुलुङ राई, तथा क्लबका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो।
पथरी शनिश्चरेमा तयारी पूरा, विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार

पथरी शनिश्चरे, कार्तिक ११ गते | सनसनी News

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]