तिनपैनीस्थित सामुदायिक प्रहरीले सुरु गर्‍यो निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, कार्तिक २२, २०८२

तिनपैनीस्थित सामुदायिक प्रहरीले सुरु गर्‍यो निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम

विराटनगर, मोरङ । सामुदायिक प्रहरी सेवा केन्द्र, तिनपैनी चोक, विराटनगर–२ को पहलमा प्रत्येक शनिबार बिहान ७ देखि ९ बजे सम्म नियमित रूपमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुने भएको छ।

स्वास्थ्य सेवाको पहुँच सबैसम्म पुर्‍याउने उद्देश्यले सुरु गरिएको यस कार्यक्रम अन्तर्गत उच्च रक्तचाप, सुगर, पल्स रेट, अक्सिजन स्तर (Oximeter) तथा तौल मापन जस्ता आधारभूत स्वास्थ्य परीक्षणहरू निःशुल्क रूपमा गरिनेछ।

कार्यक्रम ATAL CLINIC & PATHLAB Pvt. Ltd., जलजला चौक, विराटनगर–७ को प्राविधिक सहयोग र समाजसेवी पवन अटलको सौजन्यमा सञ्चालन गरिएको हो।

सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार तथा समाजसेवी चम्पालाल राठी र पवन अटलको विशेष सहयोगमा सुरु गरिएको यस अभियानले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको केन्द्रले जनाएको छ।

कार्यक्रमको संयोजन केन्द्रका कोषाध्यक्ष सन्तोष बाहेती (माइकल) ले गर्नुभएको थियो भने सह–संयोजन सह–सचिव हिरा बहादुर थापा मगर र कानुनी सल्लाहकार अधिवक्ता सुनिल कर्ण ले गर्नुभएको थियो।
कार्यक्रमको जानकारी तथा स्वागत मन्तव्य केन्द्रका उपाध्यक्ष विद्यानन्द माझी ले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (SP) कबित कटुवाल रहनुभएको थियो।
उहाँले स्वास्थ्य परीक्षण अभियानका प्रमुख सहयोगी समाजसेवी चम्पालाल राठी र पवन अटललाई सम्मान गर्नुभएको थियो।
SP कटुवालले सामुदायिक प्रहरीको पहलमा आत्महत्या नियन्त्रण, लागुऔषध दुरुपयोग न्यूनीकरण तथा सामाजिक अपराध नियन्त्रणका सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताउनुभयो।

कार्यक्रममा पाँच जना प्राविधिकले स्वास्थ्य सेवा प्रदान गरेका थिए।
प्राविधिक टोलीको नेतृत्व अनुप अटल ले गर्नुभएको थियो भने सहजीकरण वरिष्ठ हवल्दार तारा अधिकारी र सहायक हवल्दार कल्पना कटेल ले गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन केन्द्रका सचिव भोजराज घिमिरे ले गर्नुभएको थियो।

उक्त कार्यक्रममा विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेल, प्रहरी नायब उपरीक्षक (DSP) कोपिला चुडाल, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने, समाजसेवी मनोज विक्रम शाह, मोरङ उद्योग संगठनका अध्यक्ष तथा केन्द्रका सल्लाहकार नन्दकिशोर राठी, ररुनदल मोरङ इन्चार्ज पंकज बर्मा, अधिवक्ता पुनम गुप्ता, सचिव सुमित निरौला, तथा कार्यकारी सदस्य पद्मा पौडेल, विजय शर्मा र सुशील मुद्रा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मिना जोशी ले गर्नुभएको थियो।
उहाँले सामुदायिक प्रहरी र स्थानीय निकायबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश र विश्वासको वातावरण निर्माण गर्ने बताउनुभयो।

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा सुरु गरिएको यो निःशुल्क स्वास्थ्य परीक्षण अभियानले स्थानीय बासिन्दामा स्वास्थ्य सचेतना बढाउने, प्रारम्भिक स्वास्थ्य समस्या पत्ता लगाउने र “स्वस्थ समाज, सुरक्षित समाज” निर्माण गर्ने अभियानलाई थप बल पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]