४२ वर्षिया दानावती मुखिया शारिरीक अपाङ रहेकी जग्गा माफियाबाट ठगिए

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित मंगलबार, साउन २२, २०८१

विराटनगर / ४२ वर्षिया दानावती मुखिया शारिरीक अपाङ रहेकी जग्गा माफियाबाट ठगिएकी छिन । विराटनगरको मठ–मन्दिर, हाटबजार लगायत गाउँमा भिक्षा मागेर जीविका चलाउने शारिरीक रुपमा अपाङ्ग रहेकी विराटनगर महानगरपालिका वडा नम्बर ११ की ४२ बर्षिया दानावती मुखिया जग्गाा माफियावाट ठगिएकी हुन ।

भिख मागेर जीविका चलाउने र केही रकम जोगाएर राखेकी मुखियाले विराटनगरमा आफ्नै जग्गा र घर होस भनी कटहरी गाउँपालिका वडा नं. ४ बस्ने महमद समीर मियाँसंग ५ धुर जग्गा खरीद गर्न बैना गरेकी थिईन ।

मियाँसंग ५ धुर जग्गा खरिद गर्न २०८० बैशाख २४ गते ५० हजार रुपियाँ बैना स्वरुप दिएकी थिइन । त्यसपछि मियाँलाई मुखियाले २०८० माघ १० गते थप ४ लाख दिएकी थिईन ।

मुखियाले गरेको बैना अवधि हुदाँ हुँदै पनि जग्गा धनी मियाँले विराटनगर–११ की मीना झालाई बिक्रि गरेको पिडीत मुखीयाले बताईन् । बैना गरेको रकम ४ लाख ५० हजार रुपैयाँ समेत फिर्ता नपाएको सुनाउँदै पीडित मुखीयाले ९ लाख ६ हजार रुपैयाँमा ५ धुर जग्गा खरीद गर्न बैना गरेकी थईन । तर जग्गा धनिले अरुसंग बढी रकम पाएपछि मुखीयालाई जग्गा नदिएर झालाई जग्गा बिक्रि गरेको पिडीत मुखीयाको आरोप छ ।

मुखीया न्यायका लागि जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला अदालत मोरङमा समेत पुगेकी थिइन् । पहिलो पक्ष भनीने मुखीया र दास्रो पक्ष भनीने समिर मियाँ बीच भएको बेना कगजमा समय भित्र जग्गा पास गराए वा नगारएमा कनुन बमोजिम हुने व्यहोरा उल्लेख गरिएको छ । तर सरोकारवाल भने पिडीतलाई न्याय नदिन मोन बसेको दैखिन्छ । यता उनको छिमेकी निकी कुमारी साहले बेना गरेको जग्गा पीडित मुखीयाको नाममा पास गराउन सवै सरोकारवालाहरुसंग आग्रह गरेका छन।
पीडित पक्षमा समाजका अगुवाहरुले बैना गरेको जग्गा पास गराउन जग्गा धनीलाई दवाव दिनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा २०८१ जेष्ठ ११ गते निवेदन दर्ता गराएको थियो । तर दर्ता भएको द नंः ४८९ निवेदन माथि कुनै पनि पहल नभएको पीडितका आफ्न्त अजय कुमार राजवंशी र चेनेलाल खवासले गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ला प्रहरी कार्यालय मोरङलाई सोही निवेदनको सकलै आवश्यक कारवाहीका लागि पठाइ सकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस समाचार क्राइम अप्रेशन अनलाइन पत्रिका बाट साभार गरीएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]