कटहरी / मोरङ जील्लाको जहदा गाउँपालिका वडा नम्बर –३ भातिगज का ज्योतिष राजवंशीले राजवंशी धर्म र संस्कार संरक्षण गर्ने उदेश्यले राजवंशी भाषामा ठाकुर ब्रम्हानी माताको “जगत कल्यानी” नामक भक्ती गाना तयार पारेका हुन । राजवंशी जातिको यस भक्तीगितमा आफ्ना जातिको कुल देवताकाे व्याख्या गरिएको छ । ज्याेतिष राजवंशी करिब ४ वर्ष देखि म्यूजी क्षेत्रमा लागेको हुन ।
यस भक्ती गानमा स्वरसंगित र प्रोड्यूस ज्योतिष राजवंशीले गरेका छन् भने गितकाे सब्द पुर्व गृहराज्य मन्त्री भिमराज राजवंशीले गरेका छन । रेकर्डिङ विट स्टुडियो विराटनगर, म्यूजीक अरेन्ज साजन साह, कोरस माहि अटल, ओजस्वी गुरागाईँ, मिक्सि मास्टरिङ सुरज स्रेष्ठले गरेका हुन । यस भक्ती गित युट्यूव चेनल Jyoti rajbanshi मा गएर हेर्न सकिन्छ ।
झापा, मोरङ र सुनसरी जील्लामा राजवंशी जातिको फिल्म, म्यूजीक भिडियो, गित तथा मनोरन्जनात्मक कलाकृतिमा अत्याधिक मन पराउने गर्दछन् । यस तिन जील्लामा राजवंशी जातिको बाक्लो वसोवास रहेको स्थान हो । जहाँ राजवंशी आदिवासी भुमिपुत्रहरुको जन्म स्थान र पौराणीक कथामा समेत इतिहाँस रहेको एक जाति राजवंशी हो । राजवंशी जाति तिन जील्लामा बाक्लो वसोवास छन् भने देशभर केही अन्य स्थानमा पनि उपस्थिति छन् ।
