खाे-खाे संगठन समिति चयन सम्पन्न

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शनिबार, मंसिर २०, २०८२

कटहरी / मोरङ जिल्ला खो-खो खेलकुद संघ आज गठन गरेको छ । उक्त खेलकुद सङ ९ सदस्य समिति रहनेगरी कटहरी गाउँपालिका वडा नम्बर – ३ का राम नारायण राजवंशीकाे अध्यक्षतामा समिति गठन गरिएको छ।

केहि वर्ष देखि समिति निस्कृय रहेको बताउदै आज सितल निवास विराटनगरमा समिति गठन गरिएको अध्यक्ष राजवंशीले बताए । माेरङ जिल्ला खाे-खाे संगठन, माेरङ जिल्ला खेलकुद विकास समिति सदस्य श्री डिल्ली राम डागी र केन्द्रीय प्रतिनिधि श्री लक्ष्मी नारायण बैधकाे राेहवरमा समिति सदस्य चयन गरिएको हाे ।

उक्त खाे-खाे संघ विराटनगर माेरङकाे आयाेजनमा सम्पन्न गरिएको हाे । अध्यक्ष राम नारायण राजवंशी, उपाध्यक्ष निलम राजवंशी, सचिव धिरबिक्रम राजवंशी, काेषाअध्यक्ष अखिलचन्द राजवंशी र सदस्य ज्ञानेश्वर राजवंशी, बुद्ध राम साेरेन, पुष्पा राजवंशी, सुष्मा राजवंशी लगायत यज्ञ राम राजवंशी रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]