कटहरी / राजवंशी समाज विकास समिति कोच समुदायको मुल संस्था हो । यश संस्थाको मुल उद्देश्य भाषा, कला, संस्कृति, परम्परागत संस्कार संरक्षण, विकास र प्रचारप्रसार रहेको छ । तर मिति २०७९ साल देखी संस्था एक तर स्थापना दिवस दुई स्थानमा। भाक्का दिवस दुई स्थान, हरेक कार्यक्रम दुई फरक—फरक स्थानमा हुने गरेको छ । यस्ता कार्यक्रमहरु प्रत्येक कोच राजवंशीको घर घर हर्षोलासका साथ हुनु पर्छ तर त्यसरी भएको छैन। विभाजित र दुई शक्ति केन्द्रमा केन्द्रित भएको देखिन्छ। यस विषयमा म, तपाईँ र हामी जस्तो पढेलेखेका विद्वान भनिने समाजका अगुवा सबै नेता, मन्त्री र समाजका समाजसेवी भनिने र मानिने सबै के बुझ्ने?
यो सानो विषय लाग्ला तर समाजको लागि ठुलो प्रश्न पनि खडा भएको छ । राजवंशी समाजका भावि पुस्तालाई शिक्षा के दिने र यसले भविष्य मा आउने संततीले के शिक्षा पाउनेछन् ? यहि कारणले पनि समाजमा विकृति र विसंति बढिरहेको छ भने समाजका केहि पक्ष यस विषयवस्तुमा गम्भिर छन् भन्ने केहि मौन छन् ।
अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जाल मार्फत राजवंशी समाज विकास समितिको स्थापना दिवस बारे खुबै चर्चा भइरहेको अवस्था छ । सामाजिक सञ्जाल र रासविसका पदाधिकारीहरु पनि खुबै मजैले प्रचार गर्दै आएका छन् । हो त्यहि स्थापना दिवसको अवसरमा हामीले सिङ्गो नेपालको राजवंशी जातिको छाता संगठन राजवंशी समाज विकास समितिले गर्न लागिएको विषय तथा तत्कालिन अवस्था बारे सामाजिक अभियान्ता निर्मल राजवंशीसंग केहि विषयमा कुरा गरेका छौँ ।
भाक्का दिवस, स्थापना दिवस र अन्य राजवंंशी जातिय र्काक्रमहरु एक दुई स्थानमा नभई कोच राजवंशीको घर घरमा हनुपर्ने कार्यक्रम मात्र नभएर एउटा पर्वको रुप मनाउनु पर्ने हो । तर आफू आफुमै फुट भएर एउटै छाता संगठालाई दुई भागमा विभाजित गरि कोच समाजलाई नै खण्डित गरिएको छ। को सहि र को गलत भन्दा पनि सिङ्गो कोच समाज एक ठिक्का कसरी हुन्छ भन्ने कुराको चिन्तन कसैमा नरहेको निर्मल राजवंशीले ग्रामीण पत्रिका डटकमका निर्देशक संजय राजवंशीसंग कुरा गर्दै बताएका हुन् ।
समाजमा भएको विवादित विषयलाई लिएर ग्रामीणसंग अहिले फोन सम्पर्कमा दुःख व्यक्त गरेका छन् ।कोच राजवंशी समाज विकास समितिमा दुई पटक भएको महाधिवेशन र विषेश महाधिवेशनको कारणले समाज दुई कित्तामा विभाजित भएको विषयलाई लिएर राजवंशी दुःख व्यत्त गरे । मोरङ्गको कटहरी र विषेश महाधिवेशन मिति २०७९-साउन २८ गते झापामा भएको कारणले आज समाज दुई कित्तामा विभाजित भएको छ । त्यस पश्चात गत केहि वर्ष देखि भएको विवाद अहिलेसम्म नटुङ्गिदा पुन: स्थापना दिवस भोली मोरङ्गको कटहरी वडा नं २ र झापाको गौरिगञ्ज गाउँपालिकामा हुने भएकोले, कोच समाज अहिले सम्म संगठित हुन नसकेकोले राजवंशी अत्यन्तै चिन्तीत बनेका छन् ।
जातिय संस्था एक सिङ्गो कोच राजवंशी समाजमा भएको दुःख र सुखमा साथ दिदै जातिय संस्थालगायत समाजमा भएको समस्या समाधान तर्फ हुनुपर्ने तर यहाँ “ को भन्दा को ठुलो ” र “ को भन्दा को सानो ” दम्भले सिङ्गो समाज समस्यामा परिरहेको बताए । उक्त लडाइले कोच राजवंशी समाज अन्योलमा गइरहेको संस्थापक अध्यक्ष फुलसिङ्ग राजवंशीले ग्रामीण पत्रिकासँग केहि वर्ष अगाडि फोन सम्पर्कमा दुःख व्यत्त गरेका थिए । समाजलाई सहि र वास्तिविक विकास कसरी हुन्छन् र सहि के हो र गलत के हो भन्ने विषयमा छलफल र अन्तरकृया गर्नुपर्ने तर समाज अराजकता तर्फ जाँदै गरेको दु:ख व्यत्त समेत गरेका थिए । समाजको हित कसरी हुन्छन् भन्ने विषय लिएर अगार्डि बढाउँदै जानेहुन्छन् । नकि मुद्दा र विवाद गर्ने हुन्छन् । एक भन्छन् म अध्यक्ष, कोही भन्छन् म अध्यक्ष । जातिय संस्थाले नेपालको सिङ्गो राजवंशी समाजको रक्षा र हितकालागि मात्रै काम गर्ने हुनुपर्छ नकि समाज तनावग्रस्त, अन्योल र विवादितपुर्ण बनाउने हो ।
अभियानता राजवंशीले “ भाषा, कला, संस्कृति र रितिरिवाज, पौराणिक परम्परागत संस्कार एक तर संस्था दुई कसरी हुनसक्छ ? । एक स्थापना दिवस दुई स्थानमा एकै संस्था । भाक्का दिवस दुई स्थान एक संस्था । सम्मान कार्यक्रम एक संस्था दुई फरक—फरक सम्मान भएकोले समाज राजनितिक र समाजको स्वाधिन्ता माथि खतरा हुन नस्कने भन्न सकिन्न भनेर ” उहाँले बताए ।
यस विषयमा म, तपाईँ र हामी जस्तो पढेलेखेका विद्वान भनिने नेता, मन्त्री र समाजका समाजसेवी भनिने र मानिने सबै के बुझनु भयो ? यो सानो विषय लाग्ला तर समाजको लागि ठुलो प्रश्न पनि खडा भएको छ ।
मिति २०४० साल पञ्चायत समयमा राजवंशी समाज विकास समिति पहिले भद्रपुर स्थित एक नगर समिति थिए नाम “ राजवंशी भाषा प्रचारप्रसार समिति ” मा मात्रै सिमित थियो । पछिल्लो समय राजवंशी भाषा प्रचार समितिबाट नाम परिवर्तन गरी राजवंशी समाज विकास समिति नाम राखि झापा जिल्ला प्रसाशनमा मिति २०६३ साल पुष ५ गते दर्ता भएको थियो । । आज सोही संस्थालाई राजवंशी समाजमा छोटोकरीमा रासविस पनि भन्ने गरिएको छ ।
सुरेश आले मगर महासचिव भएको अवस्थामा मिति २०४८ सालमा नेपाल जनजाति माहासङ्गमा तर्दथ समिति बनाई सदस्य सूचिकृत भएको राजवंशी भाषा प्रचार समिति आज नाम परिवर्तन भई राजवंशी समाज विकास समिति बन्न पुगेको हो ।
अहिले पुर्वी नेपालको तराई भुभागमा राजवंशी भुमीपुत्रहरुको रुपमा स्थाई बसोवास गर्दै आएका छन् । झापा, मोरङ्ग र सुनसरी लगायत देशभर वसोवास गर्दै आएका छौँ । सुबन्त राजवंशी नेतृत्वको राजवंशी समाज विकास समितिको स्थापना दिवस झापामा भोली छन् भने अभय राजवंशीको नेतृत्वमा मोरङ्गको कटहरीमा हुने भएको छ ।
निष्कर्ष
जातिय संस्था एक समाजको विकास र प्रगति मात्रै हेर्ने संस्था हुनुपर्छ नकि समाजको दुर्गती । समाजलाई कसरी बचाउन र राम्रो बनाउन सकिन्छ सो विषयलाई लिएर छलफल तथा अन्तकृया गरि समाधान गर्ने हो । अहिले पनि केही विग्रेको छैनन् त पकै भन्न सकिन्न् तर सुधार गर्न सकिदैनन् पनि भन्न सकिन्न् । यस विषयमा समाजका अगुवा पुर्व मन्त्री, सांसद, समाजका नेता, समाजसेवि र बुद्विजीवि भनिने र मानिने सबै यस विषयमा वृहत् छलफल गर्न जरुरी छन् । र पढेलेखेका समाजका विद्वान यूवाहरुले सो विषय वस्तुमा चासो दिन जरुरी रहेको छ ।
