सपनाको भारी रात

Logo
महमद अफरोज हवारी / विराटनगर प्रकाशित सोमबार, पुष ०७, २०८२

सपनाको भारी रात

राती सुत्दा निन्द्रा आउँदैन,
सपना आँखामा अड्किरहन्छ,
आँखा बन्द गरेँ कि खोलेँ,
उही सपना मनले देखिरहन्छ!!

सपना मीठा थिए कहिल्यै,
आज किन यति भारी भए,
जिन्दगीको बाटो सोध्दा
सपनै उत्तर नदिई गए!!

बन्छ कि बन्दैन, थाहा छैन,
सपना आज विपनाजस्तै छन्,
हिँड्दै–हिँड्दै थाकेको मन
सपनामै थामन खोज्दैछ!!

आँखा रसाउँछ सपना सोच्दा,
हार मान्न मनले मानेन,
अँध्यारो रात जति लामो भए पनि
सपनाले बिहान बोलाउँछ!!

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]