पृथ्वीनारायण शाह कुनै तन्त्र र वादभन्दा माथि छन् : जंगी अड्डा,

Logo
Gramin Patrika प्रकाशित सोमबार, पुष ०७, २०८२

पृथ्वीनारायण शाह कुनै तन्त्र र वादभन्दा माथि छन् : जंगी अड्डा
काठमाडौँ — नेपाली सेनाको मुख्यालय जंगी अड्डाले राष्ट्र निर्माता पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता तथा राष्ट्रिय एकताको अमर प्रतीक भएको स्पष्ट पारेको छ। सेनाले जारी गरेको वक्तव्यमा पृथ्वीनारायण शाहलाई कुनै पनि तन्त्र, विचारधारा वा वादमा सीमित गरेर हेर्न नमिल्ने नेपालको ऐतिहासिक पहिचानका रूपमा उल्लेख गरिएको छ।
जंगी अड्डाले भनेको छ, “पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक हुन् भन्ने विषयमा सच्चा नेपाली जनताबीच कुनै पनि प्रकारको दुईमत छैन। राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि छन्।”
हालै काठमाडौँमा देखिएको जेन–जी आन्दोलन तथा त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राख्दै नेपाली सेनाले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको पूर्ण सम्मान गरेको पनि जनाएको छ। सेनाले लोकतान्त्रिक मूल्य–मान्यताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै राज्यका अंगहरूबीचको सन्तुलन र सहकार्य अपरिहार्य रहेको उल्लेख गरेको छ।
वक्तव्यमा वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन सबै सरोकारवाला पक्षबीच संवादको वातावरण निर्माण गर्नु अत्यन्त आवश्यक रहेकोमा जोड दिइएको छ। “जतिसक्दो छिटो संकट व्यवस्थापन गर्दै सहजीकरणका माध्यमबाट संवाद अघि बढाउनु जिम्मेवार निकायहरूको प्रमुख दायित्व हो,” जंगी अड्डाले स्पष्ट पारेको छ।
नेपाली सेनाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संविधानको रक्षा आफ्नो मूल जिम्मेवारी भएको जनाउँदै कुनै पनि परिस्थितिमा मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास अस्वीकार्य हुने संकेत समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]