सलिकोको प्रदेशव्यापी बीमा सचेतना अभियान सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, पुष ११, २०८२

विराटनगर / ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने मूल नारासहित बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै सर्वसाधारणमा बीमाप्रतिको जानकारी र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कोशी प्रदेशमा प्रदेशव्यापी बीमा सचेतना तथा मार्केटिङ अभियान सञ्चालन गरेको छ।

कम्पनीले मिति २०८२ साल पौष ११ गते कोशी प्रदेशअन्तर्गत विराटनगर, इटहरी, धरान र बिर्तामोड मा एकैसाथ अभियान सञ्चालन गरेको हो। चयन गरिएका प्रमुख क्षेत्रहरूमा एकै समय कार्यक्रम सञ्चालन गरी एउटै सन्देशलाई समान ढंगले अधिकतम जनसमुदायसम्म पुर्‍याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम का अनुसार ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने सन्देशलाई केन्द्रमा राखी अभियान अन्तर्गत स्थलमै पुगेर जनसम्पर्क, जानकारीमूलक संवाद तथा बीमा सेवासम्बन्धी प्रत्यक्ष परामर्श प्रदान गरिएको थियो। यस अभियानमार्फत बीमाका फाइदा, जोखिम व्यवस्थापन र दीर्घकालीन संरक्षणबारे सर्वसाधारणलाई व्यवहारिक रूपमा जानकारी गराइएको उनले बताए।

अभियानका मुख्य उद्देश्यहरू
• कम्पनीका बीमा उत्पादनबारे व्यापक सचेतना फैलाउने
• बीमाका फाइदा, सुरक्षा र दीर्घकालीन संरक्षणबारे जनतालाई शिक्षित गर्ने
• गुणस्तरीय ग्राहक सम्पर्क (लीड) सिर्जना गर्दै ब्रान्ड दृश्यता सुदृढ बनाउने

कम्पनीले आयोजना गरेको यस अभियानलाई सफल बनाउन सबै कर्मचारीको सक्रिय सहभागिता र सहकार्य महत्वपूर्ण भूमिका खेलेको जनाएको छ। “कर्मचारीहरूको उत्साह, प्रतिबद्धता र टोलीभावनाले नै ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने नारालाई व्यवहारमा उतार्न सहयोग पुगेको छ,” कम्पनी स्रोतले बताएको छ।

अभियान सम्बन्धी सुझाव वा थप जानकारीका लागि सम्बन्धित समन्वयकर्तासँग सम्पर्क गर्न अनुरोध गरिएको छ। कम्पनीले यस पहललाई समुदायसँग नजिकिँदै सेवा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा लिएको बताउँदै आगामी दिनहरूमा यही नारासहित प्रदेशभर यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]