पनौती–७ मा शाखा स्थापना भएको १० दिनमै पहिलो रोजाइको सामाजिक कार्यक्रम सम्पन्न

Logo
भोजराज घिमिरे प्रकाशित आइतबार, पुष १३, २०८२

पनौती–७ मा शाखा स्थापना भएको १० दिनमै पहिलो रोजाइको सामाजिक कार्यक्रम सम्पन्न
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित शाखाको समन्वयमा शाखा स्थापना भएको १० दिनमै पहिलो रोजाइको सामाजिक कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सरोकार (Public Concern) को आयोजनामा बाल आदर्श आधारभूत विद्यालय, पस्थलीमा विद्यालयको मागअनुसार विद्यार्थीहरूलाई न्यानो लुगा तथा पोशाक सहयोग प्रदान गरिएको हो।
कार्यक्रममा ५० सेट ट्रयाकसुट (विद्यार्थी पोशाक) वितरण गरिएको थियो। उक्त सहयोग हाल अमेरिकामा बसोबास गर्दै आएका तर नेपालप्रति गहिरो माया राख्ने कञ्चन कणेल, केजिया कणेल, मन्दिप केसी, सन्ध्या शर्मा र दिपेन कडरीयाको सहयोगमा प्रदान गरिएको हो।
त्यसैगरी, सहयोगी मनकी धनी फुलचोकी ट्राउट तथा कृषि फर्मकी प्रोप्राइटर रूपा श्रेष्ठले सम्पूर्ण विद्यार्थीहरूका लागि तातो तथा चिसो पानी पिउन दुई वटा वाटर डिस्पेन्सर सहयोग गरेकी छन्। युवा व्यवसायी प्रदिप कार्कीले प्रत्येक हप्तामा दुई पटक सम्पूर्ण विद्यार्थीहरूको पोषणका लागि अण्डा सहयोग गर्ने प्रतिबद्धता सहित अण्डा हस्तान्तरण गर्नुभएको छ।
कार्यक्रमको सभापतित्व सार्वजनिक सरोकार (Public Concern) का केन्द्रीय अध्यक्ष तथा निवर्तमान जिल्ला प्रमुख अधिकारी प्रदिपराज कणेलले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा पनौती नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारी उपस्थित हुनुहुन्थ्यो।
विशिष्ट अतिथिहरूमा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष रामबहादुर केसी, सानीआमा गीता कणेल (दाताको प्रतिनिधि), सार्वजनिक सरोकारका केन्द्रीय कोषाध्यक्ष तथा पूर्व लेफ्टिनेन्ट कर्नेल भूदिपराज कणेल, पुण्य माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा सार्वजनिक सरोकार काभ्रेपलाञ्चोक शाखा संयोजक सरस्वती कणेल, राजेशराज महत, उमेशराज महत, युवा व्यवसायी प्रदिप कार्की तथा सिविन नेपाल पस्थलीकी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम अनुशासित, भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरू, कार्यक्रमको अन्त्यसम्म उपस्थित भई साथ दिने सबैप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। साथै, सहयोगी, मिलनसार र अनुशासित विद्यार्थीहरू तथा नृत्य प्रस्तुति गर्ने शिक्षक–कर्मचारीहरूप्रति पनि विशेष धन्यवाद ज्ञापन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]